१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्व सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव लेखन समितिले तयार गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्व सरकारको दस महिनामा मुलुकमा सकारात्मक कुनै संकेत नदेखिएको ठहर गरेको हो।

साँस्कृतिक र धार्मिक विखण्डनलार्इ कांग्रेसले राेक्छ : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी साँस्कृतिक र धार्मिक विखण्डनको पक्षमा नरहेको बताएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीमा संचालित कृषि, पर्यटन तथा औद्योगिक मेलाको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले साँस्कृतिक द्वन्द्वको अवस्थालाई नेपालमा आउन नदिन काँग्रेस प्रतिबद्ध रहेको बताए।

कोलकताको महोत्सवमा नेपाली सुन्तला

इलामको सलकपुरका किसान किरण तामाङ सुन्तला लिएर भारतको कोलकाता आइपुगेका छन्। भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा सुन्तला महोत्सवका लागि उनीहरु आएका हुन्।

आजबाट पूर्ण स्वचालित अनलाइन प्रणाली

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ।

फागुनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन

अन्तर्राष्ट्रिय फिटनेस फर बडिबिल्डिङ प्रोफेसनल लिग (आइएफबिबी प्रोफेसनल लिग) अन्तर्गत नेपालमा अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।

क्यालेन्डर युएसएमा नेपाली सुन्दरी

अमेरिकामा रहेर नेपाली कार्यक्रमहरू गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नेपाली सुन्दरीको ग्ल्यामर तस्बिर राखेर नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। अंग्रेजी नयाँवर्षलाई लक्षित गरी सार्वजनिक गरिएको ‘क्यालेन्डर युएसए–२०१९’ बाह्र नेपाली सुन्दरीका तस्बिर छन्।

प्रजिअ कुरुम्बाङलाई आइडलको उपाधि

नेपाल सरकारका सहसचिव एवं बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यस वर्षको इन्टिग्रेटी आइडलको उपाधि जितेका छन्।

विधानमा सहमति खोज्दै कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठक पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउन असफल भएको छ।

समाजसेवामा सेना : दलित विद्यार्थीलाई शैक्षिक सहयोग

कक्षा २ कि छात्रा पुजा नेपाली नयाँ स्वीटर, स्कुल र स्टेसनरी ब्याग पाउँदा दंग थिइन। जाडो महिना भएपनि गरिबीका कारण न्यानो कपडा विना विद्यालय जाने पुजा जस्तै अन्य १०२ जना बिद्यार्थीको अनुहार उज्यालो देखिन्थ्यो। ‘यसपालीको जाडो राम्रो हुने भो। चिसोमा लगाउने स्वीटर, नयाँ ब्याग र कापी कलम पनि पाएका छौं’, छात्र अभिषेक सुनारले भने। उनीजस्तै सबैको एउटै धारणा थियो ‘यसपालीको जाडोमा सहज हुने भयो।’

शृंखला मिस वर्ल्डकाे टप १२ मा

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुगेकी छिन्। टप ३० मा रहेकी शृंखला एसिया महादिपबाट टप १२ मा पुगेकी हुन्। उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका छन्। एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिएका छन्।

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन: मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।

उपाधि दौडमा थेट र चनानचिदा

मलेसियाका टेक झि सो र थाइल्यान्डका कुनलाभुत भितिदसरनले योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ अन्तर्गत पुरुष एकलको उपाधिका लागि शनिबार एकअर्काबीच चुनौती प्रस्तुत गर्ने भएका छन्।

कांग्रेस भन्छ : अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्रिय रहेको जनाएको छ।

नेकपामा चुलिँदै असन्तुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।

एनआरएनको छैटाैं एशिया प्यासिफक सम्मेलन शनिबारदेखि

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटाैं क्षेत्रीय सम्मेलन शनिबारदेखि हङ्कङमा शुरु हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्