११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

उपाधि दौडमा थेट र चनानचिदा

काठमाडौं – मलेसियाका टेक झि सो र थाइल्यान्डका कुनलाभुत भितिदसरनले योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ अन्तर्गत पुरुष एकलको उपाधिका लागि शनिबार एकअर्काबीच चुनौती प्रस्तुत गर्ने भएका छन्।

शक्रुबार हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ कभर्डहलमा भएको सेमिफाइनलमा मलेसियाका टेकले भारतका दिनुका करुणाराथालाई २१–१४ र २१–१८ तथा थाइल्यानडका भितिदसरनले पनि भारतकै कौशल धर्ममिरलाई २१–१७ र २१–१६ ले हराउँदै उपाधि यात्रा तय गरेका थिए।

महिला एकलतर्फ म्यानमारकी थेट हटारले उपाधिका लागि थाइल्यान्डकी चनानचिदा जुचारोइनसँग प्रतिस्पर्धा गर्ने भएकी छन्। थेटले सेमिफाइनलमा इरानकी सौरया अघाइहाजिआघा २१–१७ र २१–१५ ले तथा चनानचिदाले भारतकी राशि त्यागीलाई २१–४ र २१–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

महिला डबल्समा श्रीलंकाकी थिलिनी प्रमोदिका र काविदी सिरिमाननागेको जोडीले सेमिफाइनलमा इरानका सौरया अघाइहाजिआघा र म्यानमारकी थेट हटारलाई २१–१५, १९–२१ र २२–२० ले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भए। भारतका अर्पना बलान र श्रुती केपीको जोडीले माल्दिभ्सकी अमिनाथ नविहा र फथिमा नवाहलाई २१–९ र २१–११ ले हराउँदै उपाधि यात्रा तय गरेका थिए।

पुरुष डबल्सको उपाधिका लागि थाइल्यान्डका रीत सरापत र पनाचाई वारासाक्तायाननको जोडी आफ्नै देशका सुपक जोमकोह र वाचिरावित सोठोनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। मिक्स डबल्समा थाइल्यान्डकी सुपक जोमकोह र सुपिसरा पाइवसामप्रानको जोडीले पनि आफ्नै देशका पनाचाई वारासाक्तायानन र पिचायानिन उङ्काको जोडीविरुद्ध उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन्।

प्रकाशित: २२ मंसिर २०७५ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App