२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चेमजोङको हत्या आरोपमा पक्राउ

महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न भएको आरोपमा ३७ वर्षीय प्रकाश थापामगरलाई पक्राउ गरेको छ।

हरुवा/चरुवा : ज्याला १९ रुपैयाँ

धेरै जमिन थुपार्नुपर्ने। त्यसमा खेती पनि गर्नुपर्ने। अनि बेच्नु पनि पर्ने। तर खेती गर्ने हैसियत भने नहुने। त्यसैले आफ्नो खेती सुनिश्चित गर्नका लागि कसैलाई ‘स्थायी खेतालो’ राख्नुप-यो। खासगरी तराई क्षेत्रमा यसरी खेतीपाती सुनिश्चित गर्न राखिएका व्यक्ति नै हरुवा हुन्। जसरी पश्चिम तराईमा ‘कमैया’ राखिन्थ्यो।

'असामाजिक तथा अपराधिक तत्वलाई निस्तेज पारेरै छाड्छौं'

गृहमन्त्री राम बहादुर थापाले शान्तिसुरक्षाको कायम गर्न असामाजिक तथा अपराधिक तत्वलाई निस्तेज पारेरै छाडने सरकारको नीति रहेको बताएका छन्।

विप्लव समूहका नेता काठमाडाैँबाट पक्राउ

प्रहरीले विप्लव समूहका एक नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल गेटअगाडि भएको बम बिस्फोट घटनामा संलग्न भएको आरोपमा सो समूहका नेता केदार खतिवडालाई पक्राउ गरेको हो।

दुर्व्यवहार सहेर बसेका त छैनन् किशोर/किशोरी?

अपराधबिनाको समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।को समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।

सीमामा हुने अपराध रोक्न सहमति

नेपाल–भारतका सुरक्षाकर्मीबीच खुला सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आपसी समन्वय गर्ने सहमति भएको छ। भारतमा हुन लागेको लोकसभा निर्वाचनका लागि नानपारास्थित अगैयामा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) मुख्यालयमा आयोजित सुरक्षा बैठकमा दुवै देशबीच यस्तो सहमति भएको हो।

हिंसा : राजनीतिक कि आपराधिक ?

नेपालमा पुनः हिंसात्मक शृंखलाले टाउको उठाउन लागेको छ। गत हप्ता राजधानीको मूलक्षेत्र नख्खुमा भएको सांघातिक बम विस्फोटनमा परी एकजनाले जीवन गुमाएको घटना एकमात्र थिएन। त्यसै दिन १४ भन्दा बढी स्थानमा हिंसाका घटना भएका समाचार आएका थिए। राजनीतिक परिवर्तनका सन्दर्भमा विगतमा अनेक पटक हिंसात्मक आन्दोलन भए पनि माओवादी सशस्त्र हिंसाले नेपाली समाजको स्पन्दनलाई खलबल गराउने काम गरेको थियो।

गृहको एक वर्षे उपलब्धि : शान्ति सुरक्षा सुधारदेखि सिण्डिकेट अन्त्यसम्म

गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ। गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सम्हालेको सोमवार एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

उपत्यकामा साइबर अपराध बढ्दै, उजुरी दिने महिला बढी

साइबर अपराधको आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुक आतंकित बनेका छन्। जसको चपेटामा नेपाल पनि परेको छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा बर्सेनि साइबर अपराधको घटना बढ्दो छ।

छोरी बलात्कार गरेको आरोपमा पक्राउ

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

विद्यार्थी पढाउँदै प्रहरी

सधैं झोलामा किताब–कापी बोकेर क्याम्पस जाने विद्यार्थीको हुल शुक्रबार जिल्ला प्रहरी कार्यालयतिर मोडियो। विद्यार्थीमात्र होइन, शिक्षकहरूसमेत प्रहरी कार्यालयको आँगनमा भेला भए। प्रहरी कार्यालयको गेट पार गर्दैगर्दा ‘प्रहरी’ शब्दले बाल्यकालदेखि नै आफूभित्र ल्याउने अस्वाभाविक अवस्थाको तरंग कतिपय विद्यार्थीको अनुहारमा लुक्न सकेको थिएन।

तरबार प्रहार गर्ने पक्राउ

यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधकाे लतमा फसेका युवाका कारण बढ्दै अपराध

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको व्यस्त बजारमा गत जेठ १३ गते मोटरसाइकलमा आएका दुई युवकले दिउँसै गोली हानेर नौ लाख रुपैयाँ लुटे। नजिकैको सिद्धार्थ बैंकबाट रकम झिकेर आफ्नो अफिस आइएमई सेन्टरमा लगिरहेका बेला निर्मल कार्कीलाई उनीहरू गोली हानेर लुटपाट गरेका थिए। पक्राउ परेका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षीय राजकुमार चौधरीसहित घटनामा संलग्न कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३० वर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर नगरपालिका–६ का २७ वर्षीय कल्लु राना तीनै जना लागुऔषध दुव्र्यसनी हुन्। घटनाको दुई सातापछि पक्राउ परेका तीनै जना अहिले पुर्पक्षका लागि थुनामा छन्।

चोर समात्ने अभियानमा १ सय २४ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १ सय २४ जनालाई पक्राउ गरेको छ। परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो।

अपराध न्यूनीकरणका लागि अभिमुखीकरण

रसुवामा सञ्चालित माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने शिक्षक मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरण विषयमा छलफल गर्न सदरमुकाम धुन्चेमा भेला भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्