२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

प्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। ‘आफूहरूले भनेको कुरा नमानेको,’ भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले आफूलाई कुटपिट गरेको पीडितले बताएका छन्।

कानुन सिकाउँदै स्थानीय सरकार

स्थानीय सरकार गठन भए पनि नगरपालिकाभित्रका अधिकांश महिलाले पुरुषहरूबाट मादक पदार्थ सेवन र जुवातासका कारण पीडा भोग्न बाध्य भएको गुनासो गरेका छन्।

राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै फेसबुकमा जथाभावी लेख्ने प्रधानाध्यापक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोकका एकजना प्रधानअध्यापक पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वर कुमार चौलागाईं रहेको महाशाखाले जनाएको छ।

काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखामा प्रमुखको हेरफेर गरेको छ। काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएको हो भने अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएकाे हाे।

अगुवाले भोज नखाएकोप्रति चासो बढ्दै

रूपन्देहीको शुद्धोदन गाउँपालिकामा दलित परिवारको विवाहमा समाजका अगुवारूपन्देहीका दलित अगुवाहरूले चासो देखाएका छन्। नागरिक दैनिकमा ‘विवाहमा छुवाछुत र भेदभाव, अगुवाले दक्षिणा दिए, भोज खाएनन्’ शीर्षकमा समाचार प्रकाशित भएपछि यहाँका दलित अगुवाहरूले पीडक पक्षलाई कारबाहीका लागि चासो देखाएका हुन्।

रानीबारीमा लुटपाट गर्ने पक्राउ

काठमाडौं उपत्याकमा दिउँसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो।

अगुवाले दक्षिणा दिए, भोज खाएनन्

जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने काावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिरहेका छन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ– रूपन्देही, शुद्धोदन गाउँपालिका–४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिएकाहरूबाट प्रदर्शित व्यवहार ।

ताप्लेजुङका पत्रकारले दिए प्रशासनमा धर्ना

पत्रकार अर्जुन गिरीलाई सरकारले गरेको पक्राउ र बिद्युतीय अपराध मुद्दाको प्रकृयाको विरोध गर्दै ताप्लेजुङका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

अफगान युद्ध अपराधको अनुसन्धान रोकियो

अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्ने सम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले शुक्रबार अस्वीकार गरेको छ।

लागुऔषधका ६४ मुद्दा, १०९ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ। लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ।

अपराध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान

अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीलाई सहयोग गर्ने नागरिकलाई सम्मान गर्न सुरु गरेको छ। प्रहरीले हरेक महिना एक जना नागरिकलाई अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमनचयन कायम गर्न जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने मध्ये एक जनालाई सम्मान गर्न थालेको हो।

विप्लवका १७ कार्यकर्ता तारेखमा छुटे

सिन्धुपाल्चोक जिल्ला अदालतले राज्यविरुद्ध अपराध गरेको मुद्दा खेपिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्तालाई पुर्पक्षका लागि तारेखमा छोड्न आदेश दिएको छ।

एघार महिनामा १ सय ६४ विदेशी निष्कासन

वैशाखदेखि फागुनसम्मको अवधिमा एक सय ६४ विदेशी नागरिक (पर्यटक)लाई नेपालबाट निष्कासन गरिएको छ। पाहुनाका रूपमा नेपाल भित्रिएका ती विदेशी पर्यटक विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेर सजाय भोगिरहेका थिए। सजाय पूरा गरेका ती विदेशी नागरिकलाई अध्यागमन विभागमार्फत निष्कासन गरिएको हो।

होलीमा रोकिएन अपराधिक घटना

सभ्य र मर्यादित होली पर्व मनाउन प्रशासनले आग्रह गरे पनि यस बर्ष बारामा अपराधिक घटनाहरु रोकिएको छैन्। होली खेल्ने बहानमा पुरानो रिसइबीहरु साध्दा एक दर्जन भन्दा बढी अपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होलीको दिन प्रसौनी गाउँपालिका ६ बेलहिया टोलमा दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य घाइते भएको बारा प्रहरीले जनाएको छ।

आधुनिक प्रेमकथा

संघर्ष क्षेत्रीको उपन्यास ‘साकुरा’मा आधुनिक युवाको प्रेम, मोजमस्ती र घृणाको वर्णन पाइन्छ । उपन्यासको मुख्य पात्र ‘प्रभाकर’ लेखक र प्रेमीको अवतारमा उम्दा लाग्छन् । नायिका ‘साकुरा’ पनि फूलजस्तै कञ्चन, मायालु र निर्दाेष छिन् । मोटिभेसनल स्पिकरका रूपमा प्रेरणादायी प्रवचन दिने ‘प्रभाकर’, सडक विभागमा कार्यरत इन्जिनियर ‘जेनिस’ र राष्ट्र बैंककी जागिरे ‘साकुरा’ मेधावी र तिक्ष्ण बुद्धिका पात्र हुन् । आजका युवा प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्छन् । त्यही प्रवृत्ति छाएको छ उपन्यासमा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्