हेलिकाेप्टरमार्फत् मतपेटिका ढुवानी कार्य बिहीबार सकिएन, शुक्रबार दिउँसोसम्म लाग्ने
निर्वाचन तयारी अन्तर्गत दुर्गम तथा सडक पहुँच कम भएका क्षेत्रमा हेलिकप्टर प्रयोग गरेर मतपेटिका पुर्याउने कार्य गरिएको हो।
निर्वाचन तयारी अन्तर्गत दुर्गम तथा सडक पहुँच कम भएका क्षेत्रमा हेलिकप्टर प्रयोग गरेर मतपेटिका पुर्याउने कार्य गरिएको हो।
देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले निर्वाचन सफल पार्न नेपाली अधिकारीहरू र सबै क्षेत्रका जनताले गरेको प्रयासको प्रशंसा समेत गरेका छन्। ‘यस निर्वाचनको लागि नेपाली अधिकारीहरू र सबै क्षेत्रका जनताले गरेको महान् प्रयासलाई पूर्ण रूपमा ध्यान दिनुपर्छ,’ राजदूत माओले उल्लेख गरेका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेसँगै मतगणना प्रक्रिया अघि बढाउन लागिएको हो।
भारतले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ।
उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनतालाई निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई समेत दिए। गत वर्षको असाधारण परिस्थितिको पृष्ठभूमिमा यी निर्वाचनहरू सम्पन्न हुनुलाई भारतले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाइएको छ।
अघिल्लो २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६१.६३ प्रतिशत मतदान भएको थियो।
कार्यालयका अनुसार मतदान गर्नेमा २१ हजार १४६ महिला र २० हजार ६४ पुरुष रहेका छन्। जुम्लामा कुल ७१ हजार ७ सय ३९ मतदाता रहेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार जिल्लामा कुल २ लाख ६९ हजार २५६ मतदातामध्ये १ लाख ८३ हजार ९९८ जनाले मतदान गरेका छन्।
जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उनले सर्वपक्षीय बैठक बसी मतगणना सुरू गरिने बताए।
बाँकेमा कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेका थिए। मतगणना गर्न क्षेत्र नम्बर १ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालय, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्ज र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालय तोकिएको छ।
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ।
आइसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा घरेलु टोली भारतले इंग्ल्याण्डसामु जितका लागि २५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
बाराका चारवटै निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न मतदानमा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य एक थोपा पनि रगत नबगी शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन्।