लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मासहित पदाधिकारी तथा परिषद् सदस्यहरूले आफ्नो जिम्मेवारी सम्हालेका छन्।
नवनियुक्त सदस्य–सचिव इन्जिनियर सन्तोष पाण्डेय, कोषाध्यक्ष रमेश शेखर बज्राचार्य तथा परिषद् सदस्यहरूले बुधबारदेखि पदभार ग्रहण गरेका हुन्।
उपाध्यक्ष डोल्माले पदभार ग्रहण गर्नुअघि पवित्र मायादेवी मन्दिरमा पूजाआजा तथा दर्शन गरेकी थिइन्।
नवनियुक्त पदाधिकारी तथा परिषद् सदस्यहरूलाई कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईलगायत कर्मचारीहरूले स्वागत गरेका थिए।
नयाँ नेतृत्वले लुम्बिनीको संरक्षण, विकास तथा व्यवस्थापनका कामलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ। नवनियुक्त पदाधिकारी तथा परिषद् सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिइएको छ।
प्रकाशित: ३ मंसिर २०८३ १२:५१ बिहीबार





