१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘प्रधानमन्त्री र मन्त्रीहरु माफियाबाट सञ्चालन भएका छन्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार त कम्युनिष्ट नामधारी मात्रै हो। कामधारी होइन्। सरकारसँग दुई तिहाई भएकोले केही गर्छ कि भन्ने आशा थियो। तर, केही गर्न सकेन्।’

मूर्ति कुँदेरै मालामाल

सानैदेखि चित्र कोर्नमा सौखिन पर्वत कुश्माको गोदामका प्रकाश नेपाली आठ वर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र मूर्ति कुद्नमा व्यस्त छन् । मूर्ति र चित्रमा कोरेको कलाबाटै उनी र उनको परिवार धानिएको छ।

तेक्वान्दोमा तेस्रो दिन पनि नेपाल पदकविहीन

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि नेपाल पदकविहीन बनेको छ।

रेडियो नेपालको जग्गा भाडामा नलगाउ: सांसद उदया पौडेल

रेडियो नेपालको ललितपुर खुमलटारस्थित रहेको जग्गालाई सस्तो भाडामा लगाइएको विषयप्रति संसदमा पनि चासो व्यक्त गरिएको छ।

एक डलर बराबर ११३ रुपैयाँ

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ।

अझै गठन भएन विधान मस्यौदा समिति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधान मस्यौदा समिति गठन गर्न नसक्दा भदौमा गर्ने भनिएको महासमिति बैठक अन्योलमा परेको छ।

जापानमा नेपाली पाठ्यक्रममा आधारित विद्यालय

जापानमा नेपालीहरुको सामूहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुल आफ्नै भवनमा स्थानान्तरण भएको छ। नयाँ भवनको आइतबार विधिवत रुपमा उद्घाटन गरिएको छ। जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एनआरएन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गरे।

‘दर्नाल अवार्ड’ सूदुरकी सरस्वतीलाई

बैतडीमा जन्मिएकी सरस्वती नेपालीले समाजिक न्यायको लागि काम गरेको २२ बर्ष भन्दा बढी भैसक्यो । सुदुरपश्चिमको बैतडीको सानो गाँउमा स्कुल पढेकी उनी कक्षा ६ मा हुँदा नै जातिय बिभेद बिरुद्ध प्रतिकार गरेको उनी बताउछिन् ।

विधेयकमा महिलालाई विभेद

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकविरुद्ध सडक अभियान जारी छ। नेपाल सरकारले यो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्दा प्रस्ट रूपमा ‘संविधानले निर्दिष्ट गरेबमोजिम नागरिकतासम्बन्धी विषयमा व्यवस्था गर्नका लागि’ भनी उक्त विधेयक दर्ता गर्नुको उद्देश्यलाई प्रकाश पारेको छ।

दोहोरो नागरिकलाई प्रहरीको संरक्षण !

नेपाल–भारत दुवै देशको नागरिकता र राहदानी लिएर नेपालमा ठगी गर्दैै हिँड्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरिरहेको छ।

उड्डयन प्राधिकरणको बजेट ४५ अर्ब १७ करोड

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०७५/७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ।

निगमले गर्याे पेट्राेलियम पदार्थमा मुल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आईतवार राती १२ बजेदेखी लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडानतर्फ) ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) मा प्रतिहजार लिटरमा ५० युएस डलर वृद्धि गरेको हो।

नेकपाले नेपालीलाई आत्मनिर्भर बनाउँछ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध मुलुक निर्माण गरी प्रत्येक नेपालीलाई आत्मनिर्भर बनाउन कम्युनिस्ट सरकार अगाडि बढिसकेको बताएका छन्।

कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर आतंक रोक्न र मुलुकी ऐन सच्याउन माग गरेको छ। बजार मूल्यमा चर्को बृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली बृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको भन्दै कांग्रेसले न्यायोचित करका लागि तत्काल उचित समाधानको पहल गर्न सरकारसँग माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्