१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अभिनेता गोविन्दा काठमाडौंमा

बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। आइतवार राजधानीमा हुने ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुनका लागि उनी छोरीसहित शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

सर्वाेच्चको चेतावनीपछि पनि प्रकाण्ड पक्राउ

सर्वाेच्च अदालतको कडा आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई शुक्रबार रिहा गरेलगत्तै नेपाल प्रहरीले फेरि पक्राउ गरेको छ।

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट

उत्तरी छिमेकी चीनका राजदूत यु होङले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छिन्।  शुक्रबार जंगी अड्डामा भएको भेटमा राजदूत होङले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली यु-१९ टाेलीकाे लगातार दाेस्राे हार

वाई भी राथोडको अविजित अर्धशतकप्रेरित भारतको यु–१९ ‘ए’ टोलीले शुक्रबार नेपाली युवा टोलीलाई ८ विकेटले पराजित गरेको छ।

नेचुरली नेपालः मलेसियामा नेपाल प्रवर्द्धन

वाउ नेचुरली नेपाल, सच अ ब्युटी अफ प्याराडाइज एण्ड डाइभसिर्टी,’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम

कांग्रेस नेता पौडेल युरोप भ्रमणमा

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा निस्केका छन्। पौडेलले शनिवार देखी करिब दुई साता लामो युरोप भ्रमण गर्न लागेको युवा जागरण अभियान नेपालका संयोजक चिन्तन पौडेलले जानकारी दिए।

साफ महिला च्याम्पियन्ससीपमा नेपाल समूह ‘ए’मा

आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको नेपाल समूह ‘ए’ मा परेको छ।

तीन रुपैयामै पुस्तक!

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरुले १५ देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिहरका छन्।

महेन्द्रका कम्युनिस्ट

नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भयो । त्यसको दुई वर्षपछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा सो पार्टीमाथि प्रतिबन्ध लगाए ।

देउवा र पौडेलपक्षीय विवादले केन्द्रीय समिति बस्नै सकेन

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच केन्द्रीय अनुशासन समिति संयोजकलाई लिएर विवाद हुँदा केन्द्रीय समितिको बैठक नबसी स्थगित भएको छ।

रित्ताे हात स्वदेश फर्कियो नेपाली फुटबल टोली

बंगलादेशमा जारी साफ च्याम्पियनसिपकाे उपाधी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागिता जनाएकाे नेपाली फुटबल टाेली विहीवार रित्ताे हात स्वदेश फर्किएकाे छ।

नौ हजार कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ।

नेपाल टेलिकम नेतृत्वविहीन

नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियनले टेलिकम नेतृत्वविहीन हुँदा दिनप्रति दिन अद्योगतिमा गएको भन्दै यथाशीघ्र प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेको छ।

तीन डिआइजीको बढुवा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्