१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

जुडो टोलीको बिदाइ

काठमाडौं - अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीकाे विहीवार बिदाइ गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकूद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे। आगामी असोज ४ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ९० केजी मुनि रविन श्रेष्ठ, ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजी मुनि मोहन बम रहेका छन्। महिलामा मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनि र फुपुल्हामु खत्रीले ६३ केजी मुनि प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक मनोजबहादुर केसी, व्यवस्थापक प्रमोदप्रसाद नेपाल र नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि सो टोलीमा सहभागी हुने राखेपले जनाएको छ। टोली आगामी सोमबार त्यसतर्फ जानेछ। मोहनबाहेक सबै खेलाडीले यसै महिना इण्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकूदमा प्रतिस्पर्धा गरेका थिए। रासस

प्रकाशित: २८ भाद्र २०७५ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App