४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत नै गठबन्धनको चुनावी प्रचारमा

डाक्टरहरुले नै सेवाग्राहीलाई राम्रोसँग सिकाउनुको सट्टा उल्टै थर्काउने गरेको सेवाग्राहीहरुको गुनासो छ।

निर्वाचन आचारसंहिता विपरीत गठबन्धनले बाँड्यो त्रिपाल

पलाँता गाउँपालिकामा बर्षाले घर भत्केकाहरुलाई गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाहीको तर्फबाट आएको भन्दै त्रिपाल वितरण गरिएको हो।

नेपाली भूमि रक्षाको लागि एमालेलाई भोटः ओली

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताए। उनले एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गदै भने 'जनतालाई मन्त्री होइन,विकास चाहिएको छ। खानेपानी,सडक,अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ।’

कालिकोटमा जीप दुर्घटनाः एकको मृत्यु, ९ जना घाइते

मुगुबाट सुर्खेतको लागि छुटेको भे१च४४१२ नम्बरको जीप कालिकोटको तिलागुफा नगरपालिकाको खल्गाड मोडमा दुर्घटना भएको हो। उक्त जीपमा १० जना सवार थिए। दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् भने पाँच जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

भाइरल पुलको वास्तविकता

‘त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन। बाढीपहिरोले पुलको आधा भागको लठ्ठाबाहेक सबै बगाएको थियो।' मल्लले भने, 'पुलमा लठ्ठामात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भर्‍याङबाट भए पनि पुलमा आउ-जाउ गर्न सहज बनाइदिएको हुँ।'

२० बर्षमा विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार दिने

बालविवाह विरुद्धको साझा अभियान कालिकोटले जिल्लामा बालविवाह न्युनीकरणका क्षेत्रमा विगत लामो सयम देखि काम गर्दै आएको छ।

दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

ठेकेदारले निर्माणाधीन पुल तीन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।

कालिकोटमा आठ जनाको उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि मनोनयन दर्ता गराएका कालिकोटका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

कालिकोटमा अविरल वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु

बुधबारदेखि भारी वर्षा हुँदा कालिकोटका अधिकांश ठाउँमा यो वर्ष अत्याधिक पहिरो खसेको छ।

कालिकोटमा फूलपाती भित्र्याइयो

फुलपाती लिन सेना प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बाजागाजा र दलबलसहित कोटदरबारमा रहेको दुर्गा मन्दिर पुगेका थिए।

भरिदै गाउँ, रित्तिंदै सहर

नेपालीहरूको महान चाडका रूपमा मानिंदै आएको विजया दशमीमा आफ्ना अभिभावको हातको टीका थाप्न र आशीर्वाद लिन विभिन्न काम र अध्ययनको लागि सहरमा बस्ने मानिस गाउँ फर्किएका हुन्।

कालिकोटमा आत्महत्या गर्नेको संख्या बढ्दै

घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेलाँ, मानसिक तनावजस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ।

जीर्ण सडक मर्मतमा प्रशासनको चासो

ठेकेदार तारामान कठायतले पनि केही ठाउँका काम अन्तिम चरणमा पुर्‍याएको बताए। धेरै जसो ठेक्कामा वर्षातको कारण देखाउँदै काम नगरेको पाइएपछि तुरुन्त सक्न निर्देशन समेत गरिएको छ।

कालिकोटमा सुपथ मूल्य पसल सञ्चालनमा

दशैं,तिहार,छठ लगायतका चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले सबै सरोकारवालाले बजार अनुगमनमा ध्यान दिनुपर्ने उपभोक्ताहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्