१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत नै गठबन्धनको चुनावी प्रचारमा

जिल्ला अस्पताल कालिकोट।

जिल्ला अस्पताल कालिकोट सुधारको पर्खाइमा रहेको धेरै भयो। न राम्रो सेवा छ, न राम्रो व्यवहार नै। सेवा लिन आउने सेवाग्राहीले राम्रो सेवा पाउदैनन्। राम्रो सेवा त परको कुरा हो। राम्रो बोली पनि सुनिदैन। डाक्टरहरुले नै सेवाग्राहीलाई राम्रोसँग सिकाउनुको सट्टा उल्टै थर्काउने गरेको सेवाग्राहीहरुको गुनासो छ।

जिल्ला अस्पताल कालिकोटमा अहिले डिजिटल एक्सरे मेसिन बिग्रिएपछि बिरामीले सास्ती पाएका छन्। अस्पतालको एक्सरे सेवा पाँच महिनादेखि बन्द भएपछि सेवाग्राही महँगा निजी क्लिनिकमा जानुपर्ने बाध्यता छ ।  

अस्पताल प्रशासनका अनुसार एक्सरेको प्रिन्टर बिग्रेको पाँच महिनाभन्दा बढी भयो । प्रिन्टर बिग्रे पनि डाक्टरले स्क्यान गरेको इमेजलाई ल्यापटपबाट सेवा दिँदै आएका छन्।  

‘पाँच महिनाअघि नै मेसिन बिग्रेकाले मर्मत गरिदिन आग्रह ग¥यौं । तर मर्मतको लागि मेसिन काठमाडौँ नै लैजानुपर्ने भयो । त्यसैले सेवा बन्द गरेका छौं।,’ जनस्वास्थय अधिकृत कटक महतले भने।

उनी अहिले स्वास्थ्य सेवा कार्यालय कालिकोटको काम छोडेर निर्वाचन प्रचार प्रसारमा भोट माग्न हिँडिरहेका छन्। प्रतिनिधि सभाका उम्मेदवार महेन्द्रबहादुर शाहीको चुनावी प्रचारमा उनी रास्कोट पुगेका हुन्।  निर्वाचनको समयमा स्वास्थ्य सेवा कार्यालयको काम गर्न छोडेर उनी चुनावी प्रचारको लागि रास्कोट गएको पाइएको हो। कार्यालयको सेवा प्रभावित पारेर चुनाव प्रचारमा गएको तस्बिरमा देखिन्छ।

कर्णाली प्रदेशको सबै अस्पतालमा अहिले  ईलेक्टोनिक हेल्थ रेकर्ड स्टम जडान गरिएको कारण पनि सेवा लिन आउने सेवाग्रहीलाई हार्ड पेपर दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ। जिल्ला अस्पताल कालिकोटबाट दिइने एक्सरे सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन्। असार देखि जिल्ला अस्पताल कालिकोटबाट दिइने डिजिटल एक्सरे सेवाको ठप्प भएको छ।  

चार पर्ष पहिले जडन गरिएको भिडियो एक्सरे मेसिनको डिजिटल एक्सरे बिगिँ्रदा सेवा बन्द भएको हो। अस्पतालमा विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दा उपचार गर्न आउँछन्। भिडियो एक्सरे हेरेर उपचार सेवा लिनुपर्ने बिरामीले भने उच्च शुल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।

दैनिक २५ जनासम्मले यो सेवा लिँदै आएका बिरामीले  भिडियो एक्सरे गरेर  हार्ड पेपर नपाउने गरेको कारण अहिले भने बाहिर पठाउनु पर्ने अवस्था आएको अस्पतालले जनाएको छ। सरकारी अस्पतालबाट ५ सय रुपैयाँमा भिडियो एक्सरे सेवा लिन पाउनेमा निजी अस्पतालमा एक हजार रुपैयाँ भन्दा बढी तिनुपर्ने सेवाग्रही विध्या शाहीले बताइन्।  

‘अस्पतालमा  हार्ड पेपर दिदैनन्। हामीलाई के भयो कसरी थाहा पाउने सेवाग्रही कलसा शाहीले  भनिन्। ‘हुनेखानेलाई त केही फरक नपर्ला तर सरकारी अस्पस्तालबाट सस्तोमा सेवा लिन पाइन्छ भन्दै ग्रामीण क्षेत्रका बासिन्दालाई मर्का पर्ने भयो,’ उनले भनिन् ।

अस्पताल स्रोतका अनुसार डिजिटल एक्सरे सेवा बिग्रीएको कारण एक्सरे सेवाबाट पाउने हार्ड पेपर नपाएको हो। यस्तै अस्पतालमा कोभिड–१९ को समयमा जडान गरेका उपकरणको प्रयोग विहिन छ ।

सेवा प्रभावित  

जिल्ला अस्पताल कालिकोटमा सेवा प्रवाहमा समस्या थपिने गरेको यो नौलो कुरा होइन। जिल्ला अस्पतालमा रहेका एकमात्र एमडीजीपी डाक्टर रत्नवीर  सुनार अस्पतालमा आउने बिरामीलाई सेवा दिन छोडेर निर्वाचनमा खटिँदा सेवा प्रभावित भएको हो।

दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल २०६१ सालदेखि निमित्तको भरमा छ। प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा त प्रभावित नै  छ।  

तर  निर्वाचनको बेला सुत्केरी महिलाको अप्रेशन गर्ने केश आएमा  उपचार नपाउने समस्या थपिएको छ। एमडीजीपी डाक्टर रत्नवीर सुनार आफैं निर्वाचनमा खटिँदा यस्तो समस्या आएको स्रोतले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App