११ आश्विन २०८३ आइतबार
image/svg+xml

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ।

बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६२० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर चार हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

लालबकैया बाढीपछि मर्यादपुरका आधा दर्जन बस्ती जोखिममा

तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण नदीमा जलस्तर बढ्दै गएपछि मर्यादपुरसहित आसपासका करिब आधा दर्जन गाउँ बाढी तथा डुबानको उच्च जोखिममा परेका हुन्।

३९८ किलो गाँजासहित स्कार्पियो कार नियन्त्रणमा

मोरङको विराटनगरबाट प्रहरीले ३९८ किलो गाँजासहित स्कार्पियो कार नियन्त्रणमा लिएको छ।

सी-ट्रम्प भेटपछि अमेरिका र चीनबिच आठ विषयमा सहमति

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच वासिङ्टनमा भएको भेटमा व्यापारदेखि एआईसम्मका विषयमा छलफल भएको थियो।

बाढीपहिरो र वर्षाका कारण विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध

निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको सञ्चार मन्त्रालयले जनाएको छ।

पहिरोले हेटौँडाको बुद्ध पार्कमा क्षति, पाथिभारा मन्दिर जाने बाटो जोखिममा

अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा पहिरो खस्दा क्षति पुगेको छ।

चोलेन्द्र प्रकरणमा प्रहरी भन्छ : सुरक्षाका लागि ल्याएका हौँ, पक्राउ होइन

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण जबरालाई प्रहरीको निगरानीमा राखिएको बताए।

३४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, १७ मा उच्च जोखिम

आज देशका विभिन्न जिल्लामा बहने स-साना नदी तथा खोलानालामा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले आकस्मिक बाढीको जोखिम रहेको बाढी सूचना प्रणालीले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्