१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ढिके नुनबाट टाढिंदै बझाङी

साइपाल गाउँपालिका-४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए। सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ।

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्

कास्कीको माछापुछे«का मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए।बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे।बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुराए। तर सबै बिक्री हुनसकेनन्।तीन सय ५४ मात्रै बिक्री भए।

घट्यो खसी च्याङ्ग्राको मूल्य

भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन्।

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

खाद्य व्यवस्था कम्पनीले बेच्न राखेको खसी-बोका र च्याङ्ग्रा (फोटोफिचर)

कम्पनीले जिउँदो खसी-बोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकेको छ।

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै

नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ। गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ।

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन।कोसेलीका लागि र दसैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पछि व्यापार राम्रो छ।

बजार झरे मुस्ताङी च्याङ्ग्रा

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।

भेडा तथा च्याङ्ग्रा किसानले पाए, ‘गोठालो भत्ता’

कर्णाली प्रदेशस्थित चार जिल्लाका भेडा तथा च्याङ्ग्रा किसानहरूले गोठालो भत्ता पाएका छन्। प्रदेश सरकारले कार्यविधि बनाएर गोठालो भत्ता कार्यक्रम बनाएको थियो। मापदण्डमा परेको कर्णालीका ४ सय ३७ किसानले ‘गोठालो भत्ता’ पाएका हुन्।

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ।

नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन्।

साइपालका च्याङ्ग्रा पोखरामा: ‘पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’

आइतबार राति बझाङको साइपालबाट भेटारच्यांग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए।

दशैँका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

यस वर्षको बडादशैँमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो।

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ।

च्याङ्ग्राको भुवा प्रशोधन गर्न काजिकिस्तानको प्रविधि

च्याङग्रापालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाइ गुणस्तर सुधार गर्न विदेशी सीपसहितको तालिम सञ्चालन गरिएको संघले जनाएको छ। संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने काइयो भित्राएर त्यसको प्रयोगका विषयमा मुस्ताङका किसानलाई तालिम सञ्चालन गरिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्