८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन।कोसेलीका लागि र दसैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पछि व्यापार राम्रो छ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राएका छन्। मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याएका हुन।

लामो समयदेखि दसै र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिए।उनका अनुसार एउटाको मूल्य रू ५० हजारसम्म पर्दछ।सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रू ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो।

‘अहिले रोज्जा च्याङ्ग्रा रू ५० हजारमा बिक्री गर्ने हो।थोरै नाफा त राख्नु प¥यो।मुस्ताङबाट ल्याउदा दुःख धेरै छ’, उनले भने ‘महँगो भए पनि माग बढेको छ।अहिले चीनबाट नआउदा मुस्ताङ्का च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।’ थापाले  मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याएका हुन।

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो।थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आएका छन्।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन्।हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताए।

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन्।यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ।

प्रकाशित: २८ आश्विन २०८० ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App