५ पुस २०८१ शुक्रबार
image/svg+xml

गत वर्षभन्दा दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

च्याङ्ग्रा तयारी मासुको मूल्य भने दुई हजार ६ सय कायम गरिएको छ। सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु दुई हजार ६ मा बिक्री भइरहेको छ। व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु एक हजार ७ मा बिक्री गरेको बताए।

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन्। अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए।

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ। मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ। एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन्। मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन।

भेडा च्याङ्ग्राको मूल्यवृद्धि

यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ।

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ।

मुस्ताङबाट निकासी हुने भेडाच्याङ्ग्राको संख्या घट्ने, मुल्य बढ्ने

यसपालीको दशैंमा हिमाली जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको संख्या घट्ने निश्चित भएसँगै भाउ महँगिने भएको छ। कोरोना भाइरसको जोखिमसँगै चिनियाँ पक्षबाट नाकामा निकै कडाई गरेको र छिमेकी जिल्लाबाट स्थानीय ब्यापारीले ल्याउन नपाएको र बाहिरी जिल्लाका ब्यापारी समेत सहजै उपल्लो मुस्ताङसम्म पुग्न सकेका छैनन्।

बढ्यो च्याङ्ग्राको भाउ

यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ। रोज्जा च्याङ्ग्राको मूल्य २९ हजार रुपैयाँ र मासुको प्रतिकिलो १४ सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन्। गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा २७ हजार रुपैयाँ थियो।

खसीबोकाको मासु प्रतिकेजी ५५० रुपैयाँ निर्धारण

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ। कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ।

१७ हजार भेँडाच्याङ्ग्रा निकासी

दसैंलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ। मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो।

खाद्यले तोक्यो खसी च्याङ्ग्राको मूल्य, विक्री शुक्रबारदेखि

खाद्य संस्थानले यो वर्ष दसैंका लागि खसिबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ। गतवर्षभन्दा सामान्य मूल्य बढाएर नयाँ मुल्य तोकिएको छ।विक्री शुक्रबारदेखि सुरू हुनेछ।

रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात घट्यो

यो वर्ष रसुवागढी नाकाबाट ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्र्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमी आएको हो ।  दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ। जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए। ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए।

दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन्।

कति छ संस्थानको खसीबोका–च्याङ्ग्राको मूल्य ?

नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण आइतबारबाट सुरु गरेको छ। संस्थानको थापाथली स्थिति अञ्चल कार्यालय भवन परिसरबाट संस्थानले खसीबोका तथा च्याङ्ग्रा वितरण सुरु गरेको संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्