२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

नहरको पानी पुनः नदीमै फालियो

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रारम्भिक परीक्षणका क्रममा नहरमा बगाएको पानी पुनः कर्णाली नदीमै फालेको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबारे मन्त्रीले ढाँटे

मन्त्री पुनले भनेजसरी सञ्चालनमा आएको छैन। न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ। अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत ढंगले नै सिँचाइ भइरहेको छ।

पहिलो खण्ड सञ्चालन, १४ हजार हेक्टरमा सिँचाइ

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ। सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ।

स्वास्थ्यवर्धक जुस

‘कुन जुसले बढी फाइदा लिन्छ भनी चिकित्सकसँग सरसल्लाह ग-यौं,’ निरोजले भने, ‘त्यसपछि स्वास्थ्यवर्धक जुस पसल खोल्ने निश्कर्षमा पुगेका हौं।’

मिराकलले ल्यायो जमराको पाउडर

मिराकल सुपर फुड्सले बजारमा गहुँको जमराको पाउडर ल्याएको छ । मिराकल सुपर फुड्सका प्रोपाइटर योगेशराज श्रेष्ठ एक प्याकेट जमराको पाउडरको ४२ रुपैयाँ पर्ने बताउँछन् । एक महिनाको डोजको एउटा बक्समा ३० प्याकेट पाउडर हुने र त्यस बक्सको १२ सय ५० मूल्य पर्ने उनी बताउँछन् । श्रेष्ठका अनुसार दैनिक एक प्याकेट खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । एक प्याकेटमा ३.५ ग्राम पाउडर हुन्छ ।

जमराको जुसप्रति सर्वसाधारणको आकर्षण

सामान्यतया जमारा भन्ने वित्तिकै हिन्दुहरूको महान चाड विजया दशमीका दिन कानमा सिउरीनका लागि घटस्थापनाका दिन हरेक घर–घरमा राखिन्छ। अनि विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म निधारमा टिका लगाएसँगै कानमा जमारा सिउरीनु सदियौंदेखिको प्रचलन हो।

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको काम प्रभावित

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ।

यस वर्ष पनि हरियै जमरा

बिहानीको झुल्के घामसँगै नुवाइधुवाइ गरी चित्त शुद्ध बनाएपछि सिन्धुपालचोक, बाँडेगाउँका भरतप्रसाद तिमिल्सिनालाई जमरा राख्ने हतारोले छोप्यो । सफा माटो टहराको एउटा कुनामा खन्याएपछि उनी जमरा राख्न जुटे । उनले दियो जगाए, कलश खडा गरे, अनि गणेश पुजे । तामाको घडामा गोबरका ११ रेखा कोर्दै त्यसमा जौ टाँसेपछि उनले माटोमा गहुँ, जौ र मकै छरे ।

आज घटस्थापना, घर घरमा जमरा राखिँदै [फोटो फिचर]

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि सुरु भएको छ । यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ। विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गर्थ्यो। यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

छाप्रो मै उम्रिए जमरा, भूकम्पपीडितलाई आएन दसैं

भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन्। गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रो मै जमरा उमारेकी हुन्। सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउँछिन्। उनले भनिन्, “दसैं आएपनि कुनै तयारी छैन, यो छाप्रोभित्र कसरी मनाउनु दसैं, पाहुना बोलाउनु पर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।”

दसैंघरमा जमरा राखियो

दसैंको पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले जुराएको साइत शनिबार बिहान ८ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो।

भित्रियो दशैं, आज घटस्थापना, घरघरमा जमरा (फोटो फिचर)

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । शनिबारदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

दसैं सुरु, आज जमरा राखिँदै

नेपालीको महान् चाड दसैं शनिबारबाट सुरु भएको छ। असोजशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दुर्गा भवानीको पूजाआराधना गरी दसैं पर्व मनाइन्छ। दसैंको पहिलो दिन शनिबार घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले नागरिकलाई बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्