७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

३२ खसीबोका नियन्त्रणमा

महोत्तरीमा दशैँका लागि भन्सार छली भारतबाट अवैधरुपमा तस्करी गरी नेपाल ल्याएको ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

आधा खसीबोका तस्करीका

सरकारी अभिलेखमा चैतयता तीन सय ९८ वटा आयात भएको देखिए पनि उपत्यकाको प्रमुख खसी–बोका बजारमा आधा जसो भारतीय छन्।

निरोगी खसीबोकामा रङ लगाउन सुरु

काठमाडौं महानगरपालिकाले दसैंका लागि बाहिरबाट काठमाडौं ल्याइएका निरोगी खसी, बोका, भेडा, च्यांग्राको सिङ्मा हरियो रङ लगाउन सुरु गरेको छ।

खसीबोकाको मासु प्रतिकेजी ५५० रुपैयाँ निर्धारण

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ। कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ।

बाँकेका महिलाले पाँचहजार खसी राजधानी पठाउँदै

बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन्। दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन्।

दशैँ लक्षित खसीबोका बजार शुरु

ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बिक्री गर्दै आएका यहाँका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन्।

आठ महिनापछि भित्रियो भारतीय खसीबोका

गत फागुनदेखि रोकिएको भारतीय खसीबोका आयात दशैंको मुखमा आएर फेरि सुरु भएको छ। भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसीबोका, बाख्रा, भेडा लगायतलाई रोक्न सरकारले नयाँ प्रावधान ल्याएपछि प्रकिया पुर्याएर ८ महिना पश्चात कपिलवस्तुको कृष्णनगर भन्सार हुँदै खसीबोका नेपाल भित्रिएका हुन्।

सरकारी गाडीमा खसीबोका बोक्नेलाई कारवाही

दसैं विदामा बिनाअनुमती सरकारी सवारी प्रयोग गर्नेलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ। दसैंको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरीले दसंैको समयमा जथाभावी सरकारी सवारी प्रयोग गर्नेलाई कारवाही गर्ने जानकारी दिइएको हो।

१ सय ४० अवैध खसीबोका प्रहरी नियन्त्रणमा

भारतबाट अवैध रूपमा खसीबोका नेपाल भित्र्याइदैं गरेको सूचना पाएपछि शसस्त्र प्रहरीले निगरानी बढाएको थियो।

चार महिनादेखि खसीबोका आयात बन्द

विदेशबाट आयात हुने खसीबोकाको अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि चार महिनादेखि भारतबाट तिनको आयात रोकिएको छ।

यात्रुबाहक गाडीमा खसीबोका राखे सार्वजनिक मुद्दा लाग्ने

सल्यानमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा खशीबोका राखेमा कारबाही हुने भएको छ। गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो। यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्ण रुपमा बन्द गरिने बताएको छ।

जुम्ली भेडाको मुल्य २६ हजार

गत वर्षको तुलनामा यो वर्ष जुम्ली खसीबोकाको मुल्यमा वृद्धि भएको छ। छिमेकी जिल्ला र चाईनाबाट आउने च्याङग्रा नआएपछि स्थानीय खसीबोकाको मुल्य वृद्धि भएको हो।

संस्थानको खसीबोका सकियो

नेपाल खाद्य संस्थानले दसैंका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको तीन सय सातवटै खसीबोका बिक्री भएको छ । संस्थानले मकवानपुरबाट सो परिमाणमा खसीबोका किनेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करिब हजार खसीबोका ल्याउने लक्ष्य राखिए पनि सो क्षेत्रमा किन्न नसकेपछि मकवानपुरबाट ल्याएको हो।

दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै

दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन्।

दैनिक दुई करोडको खसीबोका बिक्री

चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ । घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौं पठाउने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्