२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अस्ट्रेलियाली टोलीमा मार्स

अस्ट्रेलियाले मध्यपंक्तिका ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्बको स्थानमा अलराउन्डर मिचेल मार्सलाई भारतविरुद्धको तेस्रो टेस्टका लागि टोलीमा समावेश गरेको छ।

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको छ। मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो।

सन्दीप अस्ट्रेलियातर्फ

दुई महिनाअघि अस्ट्रेलियाको लिग बिग बास टोली मेलबर्न स्टार्ससँग अनुबन्धित नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइतबार अस्ट्रेलिया प्रस्थान गरेका छन्।

अस्ट्रेलियालाई कमजोर रुपमा लिनु मुर्खता : कोहली

भारतका कप्तान विराट कोहलीले बुधबार बल टेम्परिङको घटनापछि अस्ट्रेलियाली टोलीको प्रदर्शन खस्कँदै गएको भन्नु मुर्खता हुने बताएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान बल टेम्परिङको घटनामा मुछिएपछि अस्ट्रेलियाली टोलीका कप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्ट प्रतिबन्धमा परेका थिए।

अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा

रेस्ट्रोलोजी नामक एक संस्थाले नेपाल र अस्ट्रेलियाबाट एकैसाथ डिजिटल मार्केटिङ सुरु गरेको छ। सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जोड दिदै डिजिटल मिडियाको प्रयोग बढाउन लागि परेर संस्था स्थापना गरेको संस्थापक तथा प्रबन्ध निर्देशक सरोज रिजालले बताए।

भारतीय राष्ट्रपति र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन्।

‘प्रतिबन्धमा कुनै पुनर्विचार हुँदैन’

बल टेम्परिङ घटनामा मुछिएका अस्ट्रेलियाली पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र क्यामरुन बेनक्रफ्टमाथि प्रतिबन्धको सजाय कम नहुने क्रिकेट अस्ट्रेलिया (सिए)ले मंगलबार बताएको छ।

भारतविरूद्ध अस्ट्रेलियाको उजुरी

अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजुरी दिने शुक्रबार घोषणा गरेको छ। विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पु-याएको अस्ट्रेलियाको भनाइ छ।

रुटलाई मुक्ति देऊ : वार्न

अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्नले इङ्ल्यान्डले जो रुटलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान बन्ने बाटो खुला गर्न उनीबाट कप्तानको जिम्मेवारी झिक्दै जस बट्लरलाई कप्तान बनाउनुपर्ने बताएका छन्।

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ।

रोबर्ट्स क्रिकेट अस्ट्रेलियाको प्रमुख

क्रिकेट अस्ट्रेलिया (सिए) ले बुधबार केभिन रोबर्ट्सलाई क्रिकेट बोर्डको प्रमुखमा नियुक्त गरेको छ।

टेस्टमा सम्हालिएर खेल्ने

अस्ट्रेलियाका ओपनर एरोन फिन्चले सीमित ओभरको क्रिकेटमा एक आक्रामक ब्याट्सम्यानको छवि बनाइसकेका छन् । तर पाकिस्तानविरुद्धको शृंखलासँगै टेस्ट क्रिकेटमा ‘डेब्यु’ गर्ने तयारीमा रहेका फिन्चले टेस्ट क्रिकेटमा भने सम्हालिएको प्रदर्शनको प्रयास गर्ने बताएका छन्।

अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पाकिस्तानको खेलतालिका

आउँदो तीन महिनाका लागि पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध हुने शृंखलाको तालिका सार्वजनिक गरेको छ।

आरोप पुष्टि गर्न चुनौती

क्रिकेट अस्ट्रेलियाले कतारको स्याटलाइट समाचार नेटवर्क अल जजिरालाई खेलमिलोमतो र भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्