२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

रोबर्ट्स क्रिकेट अस्ट्रेलियाको प्रमुख

सिड्नी – क्रिकेट अस्ट्रेलिया (सिए) ले बुधबार केभिन रोबर्ट्सलाई क्रिकेट बोर्डको प्रमुखमा नियुक्त गरेको छ ।
सिएले गत वर्ष रोबर्ट्सलाई खेलाडीको पारिश्रमिक विवाद समाधानका लागि गठित कमिटीको जिम्मेवारी दिएको थियो।

बुधबार सिएका प्रमुख कार्यकारी अधिकृत नियुक्त भए पनि रोबर्ट्सले अक्टोबर २५ बाट मात्र प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । सिएका प्रमुख जेम्स सुथरल्यान्डले जुनमा पद छोड्ने घोषणा गरेका थिए।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टसँगै अस्ट्रेलिया बल टेम्परिङको घटनामा मुछिएसँगै सुथरल्यान्डले १७ वर्षे नेतृत्वबाट बिदाइ लिने घोषणा गरेका थिए । बल टेम्परिङको घटनासँगै खेलाडी र क्रिकेट बोर्डबीच जारी पारिश्रमिक विवाद सुल्झाउनु रोबर्ट्सका लागि प्रमुख चुनौती हुनेछ।

‘अस्ट्रेलिया क्रिकेट बोर्ड र अस्ट्रेलियाली टोली पछिल्लो केही महिना यता समस्यामा परेको छ । हामी छिट्टै स्वभाविक लयमा फर्कनेमा विश्वस्त छौं,’ ४६ वर्षे रोबर्ट्सले भने।

 

प्रकाशित: १८ आश्विन २०७५ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App