२१ आश्विन २०८१ सोमबार
image/svg+xml
प्रवास

अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा

काठमाडौं– रेस्ट्रोलोजी नामक एक संस्थाले नेपाल र अस्ट्रेलियाबाट एकैसाथ डिजिटल मार्केटिङ सुरु गरेको छ। सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जोड दिदै डिजिटल मिडियाको प्रयोग बढाउन लागि परेर संस्था स्थापना गरेको संस्थापक तथा प्रबन्ध निर्देशक सरोज रिजालले बताए। धादिङ नौविसे घर भएका रिजाल अस्ट्रेलियामा गा्रफिक्स डिजायनर का साथसाथै रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आएका छन्। प्रवासी भएपनि नेपालमा प्रविधिको प्रयोग बढाउनका लागि त्यहाँ सिकेका टेक्निक प्रयोग गरेर नेपालीलाई पैसा कमाउन सिकाउछन्। 

‘वेवसाइट निर्माण, सफ्टवयेर डेभलपमेन्ट, एप्स डेभलपमेन्ट, सोसल मिडिया मार्केटिङ, इ कर्मस सोलुसन लगायतका सेवाहरु दिदै आएका छौ’ रेस्ट्रोलोजीका सरोज रिजालले भने, ‘संस्थाले आफ्नो व्यवसाय र व्यापारको प्रचारप्रसार गर्न सहयोग पु-याउछौं।’ 

घरमा बसी बसी मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने भएको छ। हवाई टिकट, बस टिकट पानीको विल, इन्टरनेटको विल, टेलिफोन विल लगायतका बैंकीङ कारोबार र सरकारी कामकाजका विल भुक्तानी मोवाइलबाटै हुन्छ। त्यस्तै प्रविधिलाई साथ लिने उद्देश्य लिएर अझ राम्रो बनाउन रेस्ट्रोलोजीको स्थापना गरेको रिजाले बताए। ‘टाइम इज मनी.... लेट अस हेल्प यु सेभ इट’ भनेर इन्टरनेटको प्रयोगबाट व्यवसाय बढाएर पैसा कमाउन समेत सिकाउने गरेको उनको भनाई छ। मुख्यतया प्रविधिको प्रयोग गरेर व्यवसाउ बढाउने र पैसा कमाउन धेरै तरिका सिकाउने गरेको उनले जानकारी दिए। उनी अस्ट्रेलियामा नै बसेर नेपालमा प्रविधिको प्रयोग बढाउन लागि परेका छन्। 

प्रकाशित: १४ मंसिर २०७५ १५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App