२१ आश्विन २०८१ सोमबार
image/svg+xml

युएई र ओमानसँग एमओयू अन्तिम चरणमा

रोजगारीका प्रमुखमध्येका दुई गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) र ओमानसँगको श्रम समझदारी (एमओयू) अन्तिम चरणमा पुगेको छ।  युएईसँगको एमओयू परिमार्जनसहित नवीकरण गर्न र ओमानसँग पहिलोपटक एमओयू गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा युएई र ओमान पुगेको टोलीले एमओयूमा समेटिनुपर्ने विषयवस्तु लगभग टुंगो लगाएको छ।

नेपाललाई ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास रचेको छ। युएई विरुद्धको टी-२० सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै सिरिज आफ्नो पक्षमा पारेको छ।

नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

नेपाल र युएईबीचको तेस्रो तथा अन्तिम टी-२० खेल वर्षाले प्रभावित भएको छ। युएईमा हावाहुरीसँगै वर्षा भइरहेकाले खेल निर्धारित समयमै सुरु हुन सकेको छैन्।

निर्णायक खेलमा नेपाललाई इतिहास रच्ने अवसर

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार (आज) घरेलु टोलीविरुद्ध तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ। युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३–१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो।

युएईद्वारा नेपालसामु १०८ रनको लक्ष्य प्रस्तुत, अबिनाशको उत्कृष्ट बलिङ

युएईसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले घरेलु टोलीबाट जितका लागि १०८ रनको लक्ष्य पाएको छ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले जितका लागि १०८ रनको लक्ष्य पाएको हो।

टी-२० सिरिजकाे पहिलाे खेलमा युएईसँग नेपाल पराजित

नेपाल युएईमा जारी टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको छ। युएईले दिएको १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्रै बनाउन सकेपछि २१ रनको हार व्यहोर्न बाध्य भएको हो।

युएईद्वारा नेपालसामु १ सय ५४ रनकाे विजयी लक्ष्य प्रस्तुत

नेपालले युएई विरुद्धको टि-२० सिरिज अन्तर्गतको पहिलो खेल जित्न १ सय ५४ रनको लक्ष्य पाएको छ। युएई स्थित आइसिसी एकेडेमिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन जोड्यो।

पहिलो टि–२० खेलमा नेपाल र युएई भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार (आज) घरेलु टोलीको सामना गर्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

राष्ट्र गौरव क्रिकेटर

नेपाल क्रिकेट संघ (क्यान) विवादमा छ। तर, त्यो विवादबीच पनि खेलाडीले आत्मविश्वास उचो बनाइरहेका छन्। एकपछि अर्को सफलता चुमेर तिनले सिंगै मुलुकलाई गौरवान्वित तुल्याइरहेका छन्। क्यान २०७३ वैशाखदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा छ।

युएई विरुद्ध कप्तान पारसकाे अर्धशतक

युएई विरुद्ध जारी एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा पारस खड्काले अर्धशतक पुरा गरेका छन्।

युएई विरुद्धको एकदिवसीय सिरिज जित्न नेपाललाई २ सय ५५ रनकाे लक्ष्य

नेपालले युएई विरुद्धको एकदिवसीय सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको छ। आइसिसी एकेडेमी दुबईमा जारी सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली युएईले  निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको हो।

नेपाल युएई बिरुद्ध फिल्डिङ गर्दै

युएईमा जारी तेस्रो एकदिवसीय खेलमा नेपालले टस जित्दै बलिङ गरिरहेको छ। युएई नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ। युएईले २३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४९ रन बनाएर खेलिरहेको छ।

युएईसँग निर्णायक खेल खेल्दै नेपाल

तीन खेलकाे एकदिवसीय सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले सोमवार युएई विरुद्ध निर्णायक खेल खेल्दैछ। तीन खेलको सिरिज दुबै टोलीले एक–एक खेल आफ्नो पक्षमा पार्दै बराबरी गरेका छन। खेल नेपाली समय अनुसा विहान ११ वजेर १५ मिनेटमा सुरु हुँदै छ।

नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई १ सय ४५ रनले पराजित, साेमपालले लिए ५ विकेट

नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई एकदिवसीय श्रृङ्खलाको दोश्रो खेलमा १ सय ४५ रनले पराजित भएको छ। पहिलो खेलमा फितलो ब्याटिङका कारण ३ विकेटको हार व्यहोरेको नेपालले शनिबार सम्पन्न खेलमा ब्याटिङ र बलिङ् दुवैमा राम्रो प्रदर्शन गरेपछि ३ खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा ल्याउन सफल भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्