काठमाडाैं - नेपालले युएई विरुद्धको टि-२० सिरिज अन्तर्गतको पहिलो खेल जित्न १ सय ५४ रनको लक्ष्य पाएको छ। युएई स्थित आइसिसी एकेडेमिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन जोड्यो।
युएईका मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गरेपछि आयोजक टोली सम्मानजनक स्कोर तर्फ अघि बढेको थियो। ६ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै ४३ रन जोडेको युएईले चौथो विकेटका लागि ६१ रनको पार्टनरसिप गरेपछि राम्राे स्कारे तर्फ अघि बढेकाे थियाे। युएईका लागि शैमान अनवरले सर्वाधिक ५९, मोहम्मद उसमानले ३०, रिजवानले २२ तथा मोहम्मद बोटाले अविजित २० रन बनाए। नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए।
यसअघि युएई विरुद्ध नै सम्पन्न एकदिवसीय सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको थियो। एकदिवसीय सिरिजपछि नेपालले युएईसँगै ३ खेलको टी-२० सिरिज खेल्न लागेको हो।
प्रकाशित: १७ माघ २०७५ १०:३६ बिहीबार