१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सदरमुकाम भित्रै मौलाउँदै कालोबजारी

जिल्लाको सदरमुकाम समेत रहेको बेसीसहरमा नै उपभोक्ताको हित विरुद्ध कालोबजारी मौलाउँदै गएको पाइएको छ ।

सिजनमै चिनीमा कालोबजारी

उखु क्रसिङ गरेर चिनी उत्पादन गर्ने सिजनमै व्यापारीले भाउ बढाएर कालोबजारी गरेका छन्। चिनी कम उत्पादन भएको र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्टक सकिन लागेको सुइँको पाएपछि व्यापारीले एकाएक भाउ बढाएका हुन्।

कालोबजारी आरोपमा दुई अध्यक्ष पक्राउ

महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।

नुन अभावको हल्लाले कालोबजारी बढ्यो

नेपालगन्ज–७ फुलटेक्रा निवासी शारदा खड्का एक किलो नुन किन्न शनिबार बिहान थुप्रै पसल धाईन्। तर, बजारमा चलेको मुल्यमा नुन कतै पाईनन्। बरु उनले पसलमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा नुन किनबेच भइरहेको प्रत्यक्ष देखिन्। ‘अब नुन पाइन्न रे भन्दै एउटै व्यक्तिले चार/पाँच किलो नुन किनेको देखियो,’ शारदाले भनिन् ‘म त नकिनेरै फर्किए।’

फेन्सी सामानमा चरम कालोबजारी

व्यापारीले कति नाफा राखेर सामान बेच्छन् होला? १०, २०, ५०, १००, ५०० वा हजार प्रतिशत?होइन, फेन्सी सामान बेच्ने व्यापारीले ५ हजार प्रतिशत नाफा राखेर उपभोक्ता लुट्ने गरेको तथ्य फेला परेको छ। कालोबजारी र महँगी नियन्त्रण गर्न आपूर्ति मन्त्रालयको नेतृत्वमा सुरु भएको बजार अनुगमनका क्रममाचरम कालोबजारी गर्दै ५ हजार प्रतिशतसम्म नाफा लिएको फेला परेको हो।

कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। बजारमा बढ्दो मूल्य वृद्धिप्रति चासो देखाउँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुने। सोमबार आपूर्तिमन्त्री दीपक बोहोरा, सचिव श्रीधर सापकोटा सहित सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री कार्यालय बोलाएर परिणाम आई उपभोक्ताले राहतको अनुभूति हुने गरी तत्काल कदम चाल्न निर्देशन दिएका थिए।

महङ्गी र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्।

आयातित वस्तुमा चरम कालोबजारी

विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा कमाउँछन्? २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत? होइन, ७ हजार प्रतिशत ! पत्याउनुभएन? दरबारमार्गस्थित 'बेन्ट्ले द लेदर' कम्पनीको सोरुम जानुस्।

औषधिमा कालोबजारी गर्ने क्लिनिकमा सिलबन्दी

औषधिमा बिरामीसँग चर्को मूल्य लिएर कालोबजारी गरेको आरोपमा अनुगमन टोलीले एक क्लिनिकमा सिलबन्दी गरेको छ। उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका अनुगमन अधिकृत नेतृत्वको टोलील बालाजु बाइपासस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ मा बिहीबार सिल गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्