२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आधुनिक राज्य/राष्ट्र अवधारणा

दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) ताका युनाइटेड किङडम (युके) का प्रधानमन्त्री तथा नोबेल पुरस्कार विजेता विख्यात नेता विन्स्टन चर्चिलको भनाइ छ, “इतिहास सधैँ विजेताहरूबाट लेखिएको हुन्छ।” स्मरण रहोस्, दोस्रो विश्वयुद्धमा ६ करोड मानिसको ज्यान गएको थियो। वास्तवमा विश्वभर नै रक्तरञ्जित, युद्ध, हिंसा, आन्दोलन र संघर्षद्वारा नै आधुनिक राज्य/राष्ट्र निर्माणको इतिहास रचिएका छन्। सन् १७८९ मा नै फ्रान्सेली राज्यक्रान्ति नभएको भए हालसम्म पनि विश्वको राजनीति कुन अवस्थामा पुग्थ्यो होला ? उक्त क्रान्तिको २३० वर्षसम्ममा पनि हाल विश्वभरि अन्तरदेशीय तथा आन्तरिक द्वन्द्वमा मुलुकहरू फसि नै रहेका छन्। तथापि युद्धमा समेत नीति, नियम, मान्यता र मानवअधिकारको पालना गर्नुपर्ने सवालमा गम्भीरता देखिँदैन।

हुवावेविरुद्ध अमेरिकाले लगायाे २० अभियाेग, व्यापार वार्तामै असर पर्ने खतरा

अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ। वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ।

‘अमेरिका–तालिबान वार्तामा महत्वपूर्ण प्रगति’

संयुक्त राज्य अमेरिका र विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन्।

सगरमाथा सपना

वर्ष दिन अगाडि माघमा हरि बुढा मगरलाई ललितपुरस्थित उनकै घरमा भेट्दा अनुहार उदास थियो।  दुबै खुट्टा गुमे पनि सगरमाथा चुचुरो चुम्ने उनको सपना सरकारी नियमका कारण अन्यौलमा थियो।  सरकारले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएका कारण सन् २०१९ मा सगरमाथा चढ्ने योजना ‘पोष्टपोन्ड’ गर्दे उनी बेलायत लागेका थिए।

मिश्रका नाममा भौतिक संरचना बनाइने

प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको प्रतिष्ठानको नाममा सार्वजनिक जग्गा खोजी गरी त्यसमा भौतिक संरचना निर्माण गर्न पहल गरिने भएको छ। उनको एक सय ११ औं जन्मदिन आयोजित कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री केशव बडालले हाल भैरहेको संरचनालाई बचाउदै अर्को नयाँ भौतिक संरचना तयार गर्न सरकारसँग पहलकदमी गरिने बताएका हुन।

थापाकाे ‘बारुदमाथि उड्दा’

देशमा राज्य र तत्कालिन माओवादीबीच भएको १० वर्षे ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ पाठकमाझ आएको छ। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका थापाको पुस्तक राजधानीमा गत शनिबार पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका प्रमुख अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले सार्वजनिक गरे।

नेपाल-अंग्रेज युद्धमा प्रयोग भएका हतियार भेटिए

अत्यन्त पुरानो खिया लागेको करिब ‘४ फिट ’ लामो हतियार हेर्न यति खेर रौतहटको समनपुरमा स्थानीयको भिड लागेको छ। झण्डै दुई सय बर्ष अघि नेपाल अंग्रेजबीच युद्ध भएको बेला ब्रीटिस फौजलाई धपाउनको लागि तकालिन नेपाली सेनासँगै मिलेर स्थानीयले प्रयोग गरेको हतियार भेटिएको हो।

रोइरहेको छ यमन

मध्यपूर्व एशियाको राष्ट्र यमनमा हाउथी विद्रोही र सरकार समर्थित सेनाबीच सन् २०१५ को सुरुवातदेखि भीषण युद्ध भइरहेको छ। पश्चिमी र उतरी यमनको आधिकांश भूभाग र राजधानी साना कब्जा गरेका हाउथी विद्रोही आफूहरूलाई नै यमनको अधिकारिक सरकार दाबी गर्छन् तर अन्तर्राष्ट्रियरूपमा राजधानी सानाबाट पलायन भएको र दक्षिणी सहर आडेनमा आधार बनाएर बसेको मन्सुर हाडीको सरकारलाई नै मान्यता प्राप्त छ।

त्रिशुलडाँंडामा नालापानीको लडाइँ

भक्तपुरको त्रिशुलडाँंडामा नालापानीको युद्ध चलको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिका छालिङको डाँंडामा वीर गोर्खाली (नेपाली) सैनिक र ब्रिटिष्ट इष्ट इन्डिया कम्पनीका सैनिकहरूबीच युद्ध चलेको हो।

युद्धविराम निरीक्षण गर्न राष्ट्रसंघीय पर्यवेक्षक यमनमा

युद्धग्रस्त यमनको होडेडामा लागू भएको युद्धविरामको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय पर्यवेक्षण टोलीका प्रमुख यमन पुगेका छन्।

अमेरिकाले आणविक युद्धको खतरा बढाइरहेको रुसी आरोप

हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौताबाट बाहिरिने धम्की दिँदै अमेरिकाले आणविक युद्धको खतरा बढाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आरोप लगाएका छन्।  हतियार नियन्त्रणसम्बन्धी सम्झौताको समयावधी चाँडै नै सकिन लागेको अवस्थामा अर्को सम्झौताबारेको वार्तामा बस्न इन्कार गरिरहेको अमेरिकाले आणविक युद्धको खतरा बढाएको पुटिनको आरोप रहेको छ।

‘नेकपा फुटाएर जनयुद्धको कार्यभार पूरा गछौं’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न सत्तापक्ष नेकपालाई फुटाउने चेतावनी दिएका छन्। आइतबार पार्टीको आठौं महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै किरातीले पूर्वमाओवादीका तर्फबाट केही व्यक्ति बाध्यतामा परेर सत्तापक्ष नेकपा बनेको बताए।

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ।

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्।

समाजवादमा सबभन्दा अपमानित किसान

जनयुद्ध, जनआन्दोलन र जनताको म्यान्डेडअनुसार मुलुकलाई सुशासनयुक्त र समृद्ध बनाउने उत्तम अवसर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आएको छ। जनताको अपेक्षाअनुरूप वर्तमान सरकारले यस अवसरलाई मुलुक र जनताको पक्षमा फाइदा पुग्ने दीर्घकालीन महत्व राख्ने विकास निर्माणका काम गर्नेछ। मुख्यतः जनतालाई सरकारले सुशासनको आभास दिलाउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्