२ पुस २०८१ मंगलबार
image/svg+xml

बाँधपीडितका माग भारतले पूरा गरेन

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण हालसम्म चार हजार बिघा नेपाली जमिन उत्पादन अयोग्य भएको छ भने डुबान, कटान र पटानबाट करिब ६० हजार जनसंख्या प्रत्यक्ष प्रभावित भएको छ।

भारतले ‘बाँध’ मर्मत गर्न थालेसँगै नेपालमा त्रास

दसगजा क्षेत्र मिची बनाइएको बाँधजस्तोे स्थायी संरचनाका कारण नेपाली भूभाग झन् डुबानमा पर्ने खतरा बढेकाले यसलाई तत्काल समाधान गर्न रौतहट प्रशासनले लिखित रूपमै निर्णय गरेर सरकारको ध्यानाकर्षण गराएको छ।

भारतीय पक्षले सीमामा बाँध चौडा गर्न थालेपछि स्थानीय चिन्तित

सीमावर्ती दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध पुनः मर्मत सम्भार गरी थप बलियो बनाउन थालेपछि स्थानीय त्रसित बनेका छन्। सीमावर्ती क्षेत्रमा भारतले अन्तरराष्ट्रिय नियमको उलंघन गर्दै बाँध बनइदिएपछि रौतहट सदरमुकाम गौर सहित दर्जन गाउँ बर्षेणी बाढीको पानीले डुवानमा पर्दै आएको छ।

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन्।

मुआब्जा माग्दै कोसी बाँधमा अनशन

सुनसरीमा पर्ने साबिकको बराहक्षेत्र गाविस–९ निवासी नारायण मुखियाको जग्गा सप्तकोसीको मुख्य भँगालोमा पर्छ । उनको करिब १५ बिघा जग्गामा वर्षौंदेखि सप्तकोसी बगिरहेको छ । मुआब्जाको आशामा उनले थुप्रै वर्ष बिताइसके । कैयौंपटक सम्बन्धित निकाय धाए पनि उनका लागि हात लाग्यो शून्य भनेझै भएको छ ।

समितिले ठेकेदार स्वीकृतिको लागि एडिबी पठायो

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि छानिएका ठेकेदारबारे जानकारी दिँदै ती नाममा एसियाली विकास बैंक (एडिबी) सँग अनुमति मागेको छ।

कमसल बाँध बनाउने ठेकेदारलाई कारबाही गरिने

५२ लाख रूपैयाँको लागतमा मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन्।

गम्भीर ढंगले कुरा उठाउँछौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षाको समयमा भारतीय बाँधका बारण नेपाली भूमिमा हुने डुबानका विषयमा भारतीय पक्षसँग गम्भीर रुपमा छलफल गर्ने बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक बहस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतबीच हुन लागेको परराष्ट्र मन्त्रालय स्तरीय बैठकमा बाँधको विषय गम्भीर रुपमा उठाउने बताएका हुन्।

करोडको बाँध लखन्देहीले बगायो

सर्लाहीको उत्तरी क्षेत्र लालबन्दी नगरपालिकामा भर्खरै निर्माण गएिको बाँध लखन्देही खोलाले बगाएको छ।

भारतीय बाँधबारे बोल्यो नेकपा, सम्वाद गर्न सरकारको ध्यानाकर्षण

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ को बैठकले तराई मधेशमा हरेक वर्षायाममा डुबान हुने गरी सीमा क्षेत्रमा भारतद्वारा बनाइका बाँध र सडकहरुबारे भारत सरकारसँग सम्वाद गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबानको हल खोज्ने बेला आएको बताएका छन्। देशभर साउन भदौमा निम्तिने विपदको तालिका बदल्न यसपटक संकल्प गर्नैपर्ने र सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई छ।

‘भारतीय बाँधका कारण तराई डुबानमा’

नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताएका छन्।

भारतकाे दादागिरी : दशगजामा भत्किएकाे बाँध तत्काल मर्मत

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएकाे बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)हरूले तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएकाे हाे।

२५ फिट अग्लाे दशगजाको बाँध फुट्यो

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेकाे छ। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर राेकिएकाे पानीले बहावले बाँध फुटेकाे हाे।

भारतीय बाँधले यसरी डुबायो गौर (फोटो फिचर)

भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्