२१ असार २०८१ शुक्रबार
image/svg+xml

इजराइल–गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी

चीनले सोमवार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल–गाजा युद्धले ओझेलमा पार्नेछ।

एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिनुपर्छः सभामुख घिमिरे

उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने उल्लेख गरे।

बीआरआई कार्यान्वयन योजनाको छलफलमा सरकार

राष्ट्रिय सभामा सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराइएको छ।

बिआरआई पारदर्शी बनाउनुपर्नेमा जोड

चीनको महत्वकांक्षी पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई अघी बढाउने सन्दर्भमा पारदर्शी अपनाउनु पर्नेमा विज्ञहरूले जोड दिएका छन्।

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।

अमेरिकाले नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउने

संयुक्त राज्य अमेरिकाले आफ्नो इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउँदै लैजाने बताएको छ।

‘ऋणको पासोमा पार्न लागेको भन्नु गलत’

चीनले बीआरआईमार्फत ऋणको पासोमा पार्छ भनेर चलाइएको हल्ला गलत भएको जनाएको छ। बिहीबार चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ राजदूत होउ याङ्छीले भनिन्, ‘केही मुलुकले बीआरआईले ऋणको पासोमा पार्ने भन्दै प्रश्न उठाइरहेका छन्, त्यो गलत हो।’ बीआरआईले प्रचलित कानुनअनुसार नै काम गर्ने भन्दै उनले यसमा आर्थिक क्षति बेहोर्नुनपर्ने स्पष्ट पारिन्।

‘बीआरआई रणनीतिक चासो हुनसक्नेमा नेपाल चनाखो हुनुपर्छ’

हालै सम्पन्न दोस्रो बेल्ट एन्ड रोड फोरममा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता, व्यापार तथा पारवहन सन्धिमा दुई देशबीच भएको ऐतिहासिक हस्ताक्षर र समग्र बीआरआईबारे नेपालको तयारी, चुनौती र अवसरका विषयमा कोइरालासँग नागरिक न्युजका लागि पुरुषोत्तम पौडेलले गरेको कुराकानीको सम्पादित अंशः–

के इन्डो प्यासिफिकले बीआरआई विस्थापित गर्ला ?

यद्यपि यो रणनीतिका विषयमा स्पष्ट हुन बाँकी रहेका धेरै विषयले भारत सरकार यो रणनीतिमा एकाकार गर्न हिच्किचाइरहेको छ। चीनले आफ्नो क्षेत्रीय शक्ति विस्तार गरेको विषयमा दुई मत छैन। भारत पनि क्षेत्रीय हिसाबमा वैकल्पिक तवरमा जापान, भियतनाम र आसियना लगायत देशसँगको सहकार्यमा अघि बढिरहेको छ।

३८ बुँदे विज्ञप्ति जारी गर्दै बीआरआई शिखर मञ्च सम्पन्न

चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च ३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको छ। मञ्चले विश्व अर्थतन्त्रमा ऊर्जा थप्ने अनुमान गरिएको छ।

जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले बेहोरेको गुनासो

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बेइजिङको उत्तरपश्चिममा पर्ने यानछी ताल सभाकक्षमा आयोजित दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबुल सम्मेलनलाई सम्बोधन गरेकी छन्। शनिबार बिहान नौ बजे सुरु भएको राउन्ड टेबुल सम्मेलनको सुरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए। त्यसपछि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले सम्बोधनका क्रममा शनिबार अपराह्न राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो बीआरआई शिखर मञ्च सम्पन्न

चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च शनिबार सम्पन्न भएको छ। संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको सो शिखर मञ्चले विश्व अर्थतन्त्रमा उर्जा थप्ने अनुमान गरिएको छ। शुक्रबार सुरु भएको शिखर सम्मेलनमा आइतबार राउण्ड टेबल शिखर वार्ता भएको थियो।

बेइजिङमा नेपाली मन्त्रीको भीडभाड

दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च कुम्भमेलाका अवसरमा नेपालका चारजना मन्त्री र एकजना मुख्यमन्त्री एकैचोटी बेइजिङमा भेला भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिमण्डलमा सहभागी भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपतिसँगै विस्टन होटलमा बसेका छन्। उनीहरू राष्ट्रपति सहभागी हुने सबै कार्यक्रममा सहभागी हुनेछन्।

शान्ति सम्झौताको मर्ममै रहेर मेलमिलाप आयोगको काम सक्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम आफ्नै मौलिक हिसाबमा सम्पन्न गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्