२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बिआरआई पारदर्शी बनाउनुपर्नेमा जोड

चीनको महत्वकांक्षी पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई अघी बढाउने सन्दर्भमा पारदर्शी अपनाउनु पर्नेमा विज्ञहरूले जोड दिएका छन्।

न्युज सोसाइटी नेपालले शनिबार आयोजना गरेको बिआरआईको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रका विज्ञहरूले बिआरआई कार्यान्वयनको विकल्प नभए पनि त्यसमा पारदर्शीता आवश्यक रहेकामा उनीहरूको जोड छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध जानकार गेजा वाग्लेले नेपालले बीआरआईमा हस्ताक्षर गरेका कारण यो परियोजना अघि बढाउनुपर्ने राजनीतिक, कूटनीतिक र भूराजनीतिक बाध्यता रहेको बताए। पत्रकार अजयभद्र खनालले बिआरआइजस्ता योजना कार्यान्वयन गर्ने सन्दर्भमा सचेतता अपनाउन पर्नेमा जोड दिए।

‘सर्वप्रथम त हामीले सही पूर्वाधार छनोट गर्नुपर्छ। ती आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित राष्ट्रबाट हुने हस्तक्षेप रोक्नुपर्छ। त्यस्तै बीआरआई जस्ता परियोजना स्वीकार गर्ने कुरा चुनौती होइन, मुख्य चुनौती भ्रष्टाचार र कुशासन हुन्। यसलाई हटाउनुपर्छ,’ उनले भने।

कार्यक्रममा श्रीलंकाका कूटनीति, इतिहास र सुरक्षा मामिला जानकार जर्ज आइएच कुकले श्रीलंकामा चीनको लगानीमा निर्मित परियोजना र त्यसको कार्यान्वयनबारेमा प्रष्ट पारेका थिए। उनले कुनै पनि दाता राष्ट्रको सहयोग लिँदा त्यसबाट दीर्घकालसम्म हुने प्रभाव वा असरका बारेमा ध्यान पुर्‍याउनुपर्ने जोड दिएका थिए।

प्रकाशित: ३० जेष्ठ २०७९ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App