२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बीआरआई कार्यान्वयन योजनाको छलफलमा सरकार

फाइल तस्बिर

राष्ट्रिय सभामा सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराइएको छ। परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, 'दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको छ।'

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धीसम्बन्धी सम्झौता भएको थियो। यधपि बीआरआईका कुन-कुन परियोजनालाई कसरी अघि बढाउने भन्‍ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बीआरआई अन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए। यधपि परराष्ट्र मन्त्री साउदले भने यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको जानकारी गराएका छन्।

चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भए अनुसार केरुङ-काठमाडौँ रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देश बीच अन्तर देशीय विद्युत प्रसारण लाईनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी गराएका छन्।

प्रकाशित: २८ असार २०८० ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App