१२ श्रावण २०८३ मंगलबार
image/svg+xml

एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा पूर्ववडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडाध्यक्ष विजय कुमार यादवविरुद्ध सरकारी एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पुनः दुईतर्फी अवरुद्ध भएको छ।

एमबीएसको प्रश्नपत्र आउट प्रकरण : थप दुई जना पक्राउ

एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

गण्डकीका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कारबाही

नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ।

प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ।

देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सर्वपक्षीय संवाद गर्दै राप्रपा

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा एक युवाको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको भन्द दुःख व्यक्त गरिएको छ।

कांग्रेसले पहिलो चरणमा ४० युवालाई विपद् व्यवस्थापन तालिम दिने

नेपाली कांग्रेसले प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा दक्ष युवा जनशक्ति तयार गर्ने उद्देश्यसहित पहिलो चरणमा ४० युवालाई विशेष प्रशिक्षण दिने भएको छ।

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सभामुखद्वारा मुख्य सचेतक र सचेतकसँग छलफल

सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्।

बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय

बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ।

मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्