१२ असार २०८१ बुधबार
image/svg+xml

जनकपुर बमकाण्डमा मुछिएका सञ्जय टक्लालाई जन्मकैद

जनकपुरमा ६ वर्षअगाडि भएको बमकाण्डमा संलग्नता रहेको दोषी करार गर्दै जिल्ला अदालत धनुषाले तत्कालीन सांसद एवं पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाइ (टक्ला)जन्मकैद सुनाएको छ।

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ।

विप्लव पक्राउ परे जन्मकैद

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ। फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ।

तीन वर्षीया बालिका बलात्कार गर्नेलाई जन्मकैद

नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)का एक व्यक्तिलाई जन्मकैदको सजाय भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।

संसद्ले रोकेन, अदालतले रोक्यो

कारगारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षपहिले टीकापुरमा एक नाबालक र एसएसपीसहित ८ प्रहरीको हत्यामा संलग्न भएको ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

महतोको प्रश्नः आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्ड, ओली र गिरिजालाई किन भएन?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्। जिल्ला अदालत कैलालीले राजपाका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि संसद भवनमा पत्रकारहरुसँग कुरा महतोले भने, ‘अब राष्ट्रिय विद्रोह हुन्छ यो मुलुकमा। थारु, जनजाति, पहाडका मधेसी सबै मिलेर विद्रोह गर्छन।’

एउटै अभियोगमा आमालाई जन्मकैद, बाबुलाई सफाइ

पूर्णबहादुर थापा मगर र गुनिसा थापामगरले २०६९ वैशाखमा प्रेम विवाह गरे। विवाहपश्चात् उनीहरुको जीवन सामान्यरुपमा बितिरहेको थियो। उनीहरुको आर्थिक अवस्था कमजोर रहेकाले पूर्णबहादुरले विदेश जाने सोच बनाए। श्रीमती गुनिसासमेतको घरसल्लाहमा दुई वर्षपछि पूर्णबहादुर वैदेशिक रोजगारीका लागि मलेसिया गए। पूर्णबहादुर मलेसिया जाँदा गुनिसा ६ महिनाकी गर्भवती थिइन्।

बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद

धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

हजुरआमाको हत्या गर्नेलार्ई जन्मकैद

हजुरआमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक महिलालाई जन्मकैदकाे सजाय दिइएको छ। जिल्ला अदालत भोजपुरले नातामा हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा टेम्के मैयुङ गाउँपालिका ९, लेखर्ककी २६ वर्षीय रिमा भनिने रेम कुमारी राईलाई जन्मकैदकाे सजाय सुनाएको हो।

सिलौटाले प्रहार गरी बृद्दको हत्या आरोपितलाई जन्मकैद

सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ। महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

बलात्कारपछि हत्या गर्ने अभियुक्तलार्इ जन्मकैदकाे सजाय

१६ वर्षीया किशाेरीलार्इ बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलार्इ सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएकाे छ।

बलात्कारी छाेरालार्इ जन्मकैद

आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला भएको छ। भोजपुरको साल्पासिलोछो गाउँपालिका २ दोभानेका २७वर्षीय आकाश (परिवर्तित नाम ) लाई जन्मकैदको फैसला भएको हो।

कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्मकैद

जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्दामा तीन जनालाई जन्मकैदको फैसला गरेको छ। अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नं – ५ खावा चोलन्तीका स्थानीय ३१ वर्षीय भिमसेन राई, ३८ वर्षीय धर्मराज राई, र ३१ वर्षीय दिपेन्द्र राईलाई जन्म कैदको फैसला गरेको हो।

श्रीमतीको हत्या आरोपमा जन्मकैद

सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्