१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जनकपुर बमकाण्डमा मुछिएका सञ्जय टक्लालाई जन्मकैद

जनकपुर– पूर्वसांसद सञ्जय साह ‘टकला’लाई जन्मकैदको सजाय तोकिएको छ। जनकपुर बमकाण्ड मुद्दामा साहलाई जिल्ला अदालत धनुषाले बिहीबार जन्मकैद सजाय सुनाएको हो । 

२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै बसिरहेको शान्तिपूर्ण धर्ना कार्यक्रमबीच शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए। 

दोस्रो संविधानसभामा निर्वाचित भएको केही महिनामै बमकाण्डको मुख्य योजनाकार रहेको अभियोगमा पक्राउ परेका साह पाँच वर्षदेखि मुद्दा पुर्पक्षको लागि कैदीजीवन बिताइरहेका थिए।

हाल नक्खु कारागारमा रहेका साहलाई बिहीबार धनुषा जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १३ (४) बमोजिम जन्मकैदको फैसला सुनाएको हो। सोही घटनासँग सम्बन्धित ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष कैदको सजाय तोकिएको जाहेरवालाको तर्फबाट बहस गरेका अधिवक्ता हेमप्रसाद कार्कीले जानकारी दिए । 

प्रकाशित: १४ चैत्र २०७५ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App