१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आशारामलाई जन्मकैद

बालिका बलात्कारको आरोपमा दोषी ठहरिएका भारतीय धर्मगुरु आशारामलाई जन्मकैद सजाय भएको छ।  बुधबार जोधपुर अदालतले बलात्कार मुद्दामा उनलाई दोषी ठहर गर्दै जन्मकैद फैसला गरेको हो। अदालतले उनका सहयोगी शिल्पी र शरतचन्द्रलाई पनि दोषी ठहर गर्दै २०–२० वर्षको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीमतीको हत्या गर्ने टेकबहादुरलाई जन्मकैद

जिल्ला अदालत सुर्खेतले श्रीमती हत्यामा संलग्न एक जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ। गुर्भाकोट–२ का टेकबहादुर कामीले भदौ २५ मा श्रीमती पञ्चकलीको हत्या गरेका थिए।

जन्मकैद सजाय पाएका माओवादी नेता ढुंगेल पक्राउ

ज्यान मुद्दाका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ढुंगेललाई पाटन क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ गरेका ढुंगेललाई अदालतमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले नागरिकन्युजलाई बतायो। 'अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो', प्रहरी स्रोतले भन्यो, 'अदालतमा बुझाउनुभन्दा अगाडि नै छुटाउ माओवादीको दवाब छ।'

जन्मकैद फैसला बदर माग्दै सर्वोच्चमा रिट

‘मैना सुनार हत्या प्रकरण’ मा अवकाश प्राप्त तीनजना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

मैना सुनार हत्या प्रकरणमा तीन पूर्व सैनिक अधिकृतलाई जन्मकैद

अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय।

तत्कालिन महासेनानीसहित ३ लार्इ जन्मकैदकाे फैसला

सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालिन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।

म्याद नाघेको औषधि बेचे जन्मकैद

म्याद नाघेको औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ। संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेको औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो। अहिले १० वर्षसम्मको कैद सजायलाई जन्मकैद मानिएको छ।

नवजात शिशुको हत्या गर्ने आमालाई सर्वस्वसहित जन्मकैद

आफैले जन्माएको नवजात शिशुको हत्या गर्ने एक व्यक्तिलाई जिल्ला अदालत जाजरकोटले सर्वस्व हरणसहित जन्मकैदको फैसला सुनाएको छ ।

बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

जिल्ला अदालत सुर्खेतले १० वर्षीया बालिका बलात्कार र हत्यामा संलग्न तीन जनालाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ । न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले बालिका बलात्कार र हत्यामा संलग्न कल्याण–१ का पूर्णबहादुर ठाडामगर, नेटा–७ का खड्कबहादुर गाहामगर र नेटा–५ का यामबहादुर रास्कोटीलाई सोमबार उक्त फैसला सुनाएको हो ।

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

राजविराज– विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश रणबहादुर बमका हत्यारालाई जन्मकैद

काठमाडौं- ललितपुर जिल्ला अदालतले सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बम हत्याको अभियोगमा पाँच जना अभियुक्तहरुलाई दोषी ठहर गर्दै सर्वोस्व सहित जन्मकैद हुने फैसला सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्