२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, सय जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा गएको भूकम्पमा एकसय जनाभन्दा बढीको मृत्यु भएको छ।

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प

बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

भूकम्प प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद बझाङमा गएका छन्।

भूकम्प प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सहित मन्त्रीहरूको लस्कर

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित बझाङ गएका छन्। प्रधानमन्त्री दाहालले आज उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पी साउद सहित बझाङको भूकम्प प्रभावित क्षेत्रमा गएर यथास्थितको जानकारी लिएका छन।

प्रधानमन्त्री दाहाल भोलि भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको बारेमा अवलोकन गर्ने भएका छन्।

भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पमा भएको क्षति सहयोगका लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

भूकम्पमा घाइते हुनेको उपचार प्रदेश सरकारले गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ।

बझाङमा भूकम्प जाने क्रम अझै रोकिएन, चार रेक्टर स्केलमाथिका ११ परकम्प

सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अझै रोकिएको छैन।

बझाङ भूकम्प अपडेट :एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ।

मोरक्कोमा भूकम्पबाट २ हजार १२ को मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने

मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन्।

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्