६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोरक्कोमा भूकम्पबाट २ हजार १२ को मृत्यु, तीन दिन राष्ट्रिय शोक मनाउने

मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन्।

मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। १८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठूलो शहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिणपश्चिम रहेको अल हाउज प्रान्तको इघिल शहर नजिक रहेको छ। भूकम्पमा परी मृत्यु हुनेमा धेरै जसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ।

रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै शहरहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो। तौराडान्ट र माराकेस शहरहरुमा धेरै घरहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ। अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिइबिया लगायतका देशले पनि सहयोग गरेका छन्।

प्रकाशित: २४ भाद्र २०८० ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App