२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

भूकम्प प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सहित मन्त्रीहरूको लस्कर

तस्बिर : दिलबहादुर छत्याल /नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित बझाङ गएका छन्। प्रधानमन्त्री दाहालले आज उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पी साउद सहित बझाङको भूकम्प प्रभावित क्षेत्रमा गएर यथास्थितको जानकारी लिएका छन।

जयपुथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर दाहालको टोलीले अवस्था बुझेको हो।पीडितका समस्या सुनेपछि दाहालले आवासको व्यवस्था सरकारले गर्ने आश्वासन दिएका छन। 

गत असोज १६ गते बझाङमा गएको भूकम्पमा परि १ महिलाको ज्यान गएको छ भने २० जना भन्दा बढी घाइते भएका थिए । ३३६ घरमा क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा असर पुर्‍याएको छ। सबैभन्दा बढी बझाङमा क्षति पुगेको छ। भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ।

बझाङ भूकम्पपछि प्रधानमन्त्रीले  गएको  बिहीबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका थिए। बैठकलाई सम्बोधन गर्दै उनले भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका थिए।

 बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न समेत प्रम दाहालले निर्देशन दिइसकेका छन।हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई प्रधानमन्त्री दाहालले धन्यवाद दिएका छन्। 

प्रकाशित: १९ आश्विन २०८० १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App