४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पमा भएको क्षति सहयोगका लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मङ्गलवार बझाङमा गएको भूकम्पबारेको अवस्था लगायतका विषयमा बुझ्न प्रधानमन्त्री दाहालले बोलाएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा छलफल गर्दै सो निर्देशन दिइएको हो।

प्रधानमन्त्री दाहालले भूकम्पमा प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको उनको भनाइ छ।  

सरकारका तर्फबाट राहत, उद्दार, उपचार , पुर्नस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रधानमन्त्री दाहालले प्रतिवद्धता समेत व्यक्त गरे।

बझाङ भूकम्पमा परी १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

प्रकाशित: १८ आश्विन २०८० ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App