११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बारा काँग्रेसमा मतदान प्रक्रियामा धाँधलीः मतपत्र जलाएर मतदान प्रक्रिया स्थगित

सभापति पदका उम्मेदव राजेश राय यादवले जबरजस्ती अरुको मत खसाउने गरेको भेटिए पछि खसेको मतपत्रलाई बदर गरि जलाउने काम गरिएको नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादवले बताएका छन्।

स्थानिय तह निर्वाचनमा जुट्न कांग्रेस नेताहरूको आग्रह

शनिबार नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयमा विचार गोष्ठिमा केन्द्रिय नेताहरूले स्थानिय तहको निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।

नेपाल विश्व महाशक्तिको चलखेल केन्द्र बन्दैछ: कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्।

नेपाल छन्त्याल संघको महाधिवेशन बेनीमा हुने

नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ।

एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताएका छन्।

नेपाली कांग्रेस सप्तरीको आज जिल्ला अधिवेशन हुँदै

सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेकाे रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ।

कांग्रेस जिल्ला अधिवेशन: दोश्रो चरणको निर्वाचनमा उम्मेदवारहरूबीच सहमति

नेपाली कांग्रेस महोत्तरीको दोश्रो चरणको निर्वाचनमा सहमति जुटेको छ। चुनावी प्रतिस्पर्धावाट पछाडि हटेर सहमति भएपछि नागेश्वर यादव सर्वसम्मत निर्वाचित हुने संकेत देखिएको छ।

एपिएफलाई एएफसी क्लबको लाइसेन्स

नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसी क्लबको लाइसेन्स पाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार अयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई क्लबको लाइसेन्स प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन अन्तिम साता

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।

अब एमसीसीको कार्यान्वयनमा अग्रसर हुनुपर्छ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएसँगै यससम्बन्धी अन्योल र संशयको अवस्था अन्त्य भएको बताएका छन्।

प्रधानन्यायाधीश जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न सकिंदैन

नेपाल बार एशोसिएशनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ।

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्।

एमसीसी व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

घरजग्गा कारोबार गर्न सरकारसँग स्पष्ट नीति छैन: इच्छाबहादुर वाग्ले

घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीहरुले बताएका छन्।

एमसीसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन: महेश्वर गहतराज

युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्