६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बारा काँग्रेसमा मतदान प्रक्रियामा धाँधलीः मतपत्र जलाएर मतदान प्रक्रिया स्थगित

नेपाली काँग्रेस बाराको १४ औँ अधिवेशन अन्तर्गत शनिबार गरिएको मतदान प्रक्रियालाई स्थगित गरेर  मतपत्रलाई जलाइएको छ।

सभापति पदका  उम्मेदव राजेश राय यादवले  जबरजस्ती अरुको मत खसाउने गरेको भेटिए पछि खसेको मतपत्रलाई बदर गरि जलाउने काम गरिएको नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादवले बताएका छन्।

निर्वाचन क्षेत्र नम्बर ४ को मतदाताहरुको मतपत्र लिएर कलैया उपमहानगरपालिकाको प्रमुख समेत रहेका यादवले मत खसाउन थाले पछि मतदान स्थालमा तथान नै उत्पन्न भएको छ। नेपाली काँग्रेस बाराका सभापति जयचन्द चौरसियाले सभापतिको उम्मेदवारले नै अरुको मतपत्र खोसेर आफनो लागि मत गरेको कार्यले मतदान प्रक्रियामा नै धाधलि गरिएकोले गरिएको मतपत्रहरुलाई बदर गर्न माग गरिएको बताएका छन्।

सभापति उम्मेदवार राजेश राय यादवले जबरजस्ती अरुको मतपत्र लिएर मतदान गरेको देखे पछि सभापतिका अर्का उम्मेदवरहरु शम्भुबहादुर बुढाथोकी र रामानन्द यादव प्यानलले बिरोध गर्दा मतदान स्थल रहेको श्री सिद्धेश्वर संस्कृत बिद्यालयमा शनिबार बेलुवा दुई समुह बिच झडपको अवस्था सृजना भएको थियो।

शनिबार मतदानमा व्यापक अनियमिता गरिएको कारणले तनावपुर्ण अवस्था सृजना भएकोले शनिबार गरिएको मतदान प्रक्रिया नै रद गरिएको  निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताएका छन्।

४ वटा निर्वाचन क्षेत्र रहेको नेपाली काँग्रेस बारामा लगभग २४ सय मतदान रहेकोमा बेलुकासम्ममा १५ सय जति मत खसेको र खसेको मतपत्रलाई जलाइएको नेपाली काँग्रेस बाराका सचिव  मनोज भट्टले बताएका छन्।

प्रकाशित: २१ फाल्गुन २०७८ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App