६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस सप्तरीको आज जिल्ला अधिवेशन हुँदै

नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा रहेका छन्।

सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेकाे रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ।

शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड्गाले उम्मेदवारी दिएका छन्।

त्यस्तै रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सहसचिवमा मो मुश्लिम र रामसुन्दर मण्डलको उम्मेदवारी परेको छ।

निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन्। यसैबीच दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो। रासस

प्रकाशित: २१ फाल्गुन २०७८ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App