१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता

आइएमई पे र नेपाल वायुसेवा निगमबीच आइएमईमार्फत हवाई टिकट खरिद गर्न सक्नेसम्बन्धी सम्झौता भएको छ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा नयाँ नेतृत्व

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सियाटलमा सम्पन्न छैठौ अधिवेशनले सुदिप पन्तको नेतत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। पन्तको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विकासराज न्यौपाने, महासचिव किरण मरहठ्ठा, सचिवमा सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेवी गुरुङ रहेका छन्।

नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन्।

जेठ २ सम्म भिषा स्ट्याम्पिङ भएका नेपाली मलेसिया जान पाउने

रोजगारीका लागि मलेसिया जान भिषा स्ट्याम्पिङ भएर रोकिएका श्रमिकलाई सरकारले अन्तिम श्रम स्वीकृति दिने भएको छ। गत जेठ २ गतेसम्म स्ट्यिाम्पिङ भएकाले मात्र यो सुविधा पाउनेछन्।

चिनियाँ विद्यार्थीको नेपाल चाह

नेपाली विद्यार्थी र पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थीबीच एकआपसमा संस्कृति, रीतिरिवाज आदनप्रदान गरेका छन्।

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको बताएका छन्।

नेपाल–रुवाण्डा सम्बन्ध स्थापना

नेपाल र अफ्रिकी मुलुक रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको बाह्य सम्बन्ध १६१ देशमा विस्तार भएको छ।

नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा उजुरी

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ।

केन्याको 'स्ट्रिट क्लव' बाट नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई उद्वार गरिएको छ। प्रहरीले त्यहाँका दुई चर्चित स्ट्रिट क्बलमा छापा मार्दै उनीहरुलाई उद्दार गरेको केन्याको अपराध अनुसन्धान निर्देशनालयलाई उदृत गर्दै केन्याको क्यापीटल न्युजले समाचार प्रकाशन गरेको छ।

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

लालबाबुजी, को भूतपूर्व, को अभूतपूर्व नेपाली?

जन्मेको देशलाई र अरु कसैलाई पनि कुनै हानी–नोक्सानी नपुर्याइकन आफ्ना लालाबाला लिएर २०६८ सालमा लुसुक्क क्यानडातिर हिँडेको नेपाली मान्छे हुँ म । म नेपाल छाडेर क्यानडा बस्न आएको कुरामा मलाई कुनै गर्व छैन । पश्चाताप त झन् पटक्कै छैन । म यता समृद्ध देशमा बसेकै भएर सामाजिक सञ्जालमा चल्ने आरोप–प्रत्यारोप जस्तो नेपालको सबैथोक खत्तम र नेपालमा बस्ने सबै अज्ञानी हुन्, निरीह हुन् भन्ने सोच कहिल्यै आएन मेरो मनमा ।

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो, अवस्था गम्भीर

गोली लागेर जुम्लामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा भर्ना गरेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।

केसीलार्इ लिन नेपाली सेनाकाे हेलिकाेप्टर जुम्ला पुग्याे

अनशनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती उठाउनका लागि नेपाली सेनाको हेलिकोप्टर जुम्ला आइपुगेको छ।

नेपाली हवाई यात्रुको बिमा रकम अब डेढ करोड

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई यात्रुका लागि खुसीको खबर छ । हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपालीको बिमा रकम प्रतियात्रु १ लाख ५० हजार अमेरिकी डलर (डेढ करोड रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसद पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्