एसियाली खेलकूदमा सहभागी नेपाली खेलाडीकाे पाेशाकमा एकरुपता हुने
यस पटकको एसियाली खेलकूद (एसियाड) प्रतियोगतामा सहभागी हुने खेलाडीहरुको पोशाक एकैरुपको हुनेभएको छ। आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा आयोजना हुने १८ आैं संस्करणको उक्त खेलकूद प्रतियोगितामा सहभागी हुने १८५ खेलाडीका लागि चाइनाको इजिलिटी ग्रुपले खेलाडीको जुत्तादेखि टोपीसम्म उपलब्ध गराएको हो।