६ आश्विन २०८१ आइतबार
image/svg+xml

काठ तस्करीमा संलग्न एक जना पक्राउ

कञ्चनपुरमा काठ तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करीमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले सोमबार पक्राउ गरेको हो।

सामान नियन्त्रणमा पर्छन् तस्करीमा संलग्न उम्कन्छन्

पुसको दोस्रो साता अवैध ढंगले सीमावर्ती ठाढी नाका हुँदै भारततर्फ मरिच र हरियो केराउ लैजान लागिएको थियो। सोही बेला प्रहरीले ३२ सय ३६ किलो मरिच र २६ सय किलो मटरसहित ट्याक्टर र मिनी ट्रक नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो तर तस्करीमा संलग्नहरू भने उम्किन सफल भए।

मोबाइलले खोल्यो सुनकाे पोल

मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो।

सालको काठसहित चार पक्राउ

अवैध सालको काठसहित इलामको चुलाचुली गाउँपालिकाबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान ५ बजेतिर सिँधुवाखोलामा काठ ओसार्दै गरेका उनीहरुलाई साइकल र काठसहित समातिएको प्रहरीले जानकारी दिएको छ।

लागुऔषधको डरलाग्दो अवस्था, ५ वर्षमा १८ हजार बढी पक्राउ

पछिल्लो तथ्याङकले लागुऔषध ओसार पसार र प्रयोगकर्ताको संख्या ह्वत्तै बढेको देखिएको छ।  लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ।

साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपी खड्का दुबईमा पक्राउ

दुवईबाट नेपालमा सुन पठाउने मुख्य व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। सुन तस्करीको अनुसन्धानसम्बन्धी दुइटा प्रतिवेदनले दोषी औंल्याएका हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो। दुबई प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको छ।

महानगरका साना गल्ली तस्करीका ‘रुट’

वीरगन्ज महानगरपालिकाको छप्कैया, भकुवालगायत साना बाटा अहिले तस्करीको रुटमा परिणत भएको स्थानीयले बताएका छन्। प्रहरीले ग्रामीण भेगबाट तस्करीका सामना पक्राउ गर्न थालेकाे छ। यता तस्करहरुले समेत नयाँ तरिका अपनाउन थालेका छन्।

रोकिएन रौतहटमा काठ तस्करी

रौतहटको राष्ट्रिय वनबाट काठ तस्करी हुन रोकिएको छैन। जिल्ला वन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको टोली गस्तीमा खटाएको भने पनि काठ तस्करी भने नरोकिएको हो।

रोकिएन राष्ट्रिय वनबाट काठको तस्करी

रौतहटको राष्ट्रि वन क्षेत्रबाट काठको तस्करी रोकिएको छैन । जिल्ला वन कार्यालयले तस्करी रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकका साथै कर्मचारीहरुको टोलीले निरन्तर अनुगमन गरिरहेको भए पनि काठ तस्करी भने रोकिएको देखिएन।

लाखौँको अवैध सुनसहित ५ जना पक्राउ

लाखौँको अवैध सुनसहित ५ जना परेका छन्। पक्राउ पर्नेमा धनुषाका सफिउल राइन र खाेटाङका राजन रार्इसहित ५ जना रहेका छन्। बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी तस्कारहरुले सुन तस्करी गरिरहेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्।

काठ तस्करी बढेपछि कडा निगरानी

राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि रौतहट जिल्ला वन कार्यालयले कडा निगरानी गर्न थालेको छ। यस क्रममा एक हप्ताभित्र दुई सय क्युबिक फिट काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूले प्रयोग गरेका सवारीसाधनसमेत समात्न वन कर्यालय सफल भएको छ।

गाउँपालिका उपाध्यक्षनै मूर्ति तस्करीमा संलग्न

डोल्पामा गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो।

अवैध काठसहित बोलेरो बरामद

राष्ट्रिय वनबाट तस्करी गरी सालका काँचो काठ बोलेरो गाडीमा लैजाँदै गरेको अवस्थामा डिभिजन वन कार्यालयको गस्ती टोलीले बरामद गरेको छ। चन्द्रपुर नगरपालिकाको पौराई जंगलबाट तस्करी गरी ल्याइएका काठसहित ना. ३ च ४१२८ नम्बरको बोलेरो पिकअप भ्यान मंगलबार गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

सुन तस्करी प्रकरणमा मुख्य न्यायाधीश भूर्तेल पनि तानिए

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भूर्तेललाई न्यायपरिषद् सचिवालयमा तानिएको छ। सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशका विषयलाई लिएर न्याय परिषद्ले भूर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको स्रोतले जनाएको छ।

वन गस्तिमा कमी आएपछि काठ तस्करी बढयो

रौतहटको राष्ट्रिय वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ। अत्याधिक चिसोले बाक्लो हुँस्सु लागेको कारण सशस्त्र वन रक्षकहरुले गस्ति गर्न छाडेपछि काठ तस्करीमा वृद्धि भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्