मधेसी मोर्चा सरकारमा सहभागी हुनु हुँदैन: महतो
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका सांसद डा.विरेन्द्र महतोले मधेसी मोर्चा अब बन्ने सरकारमा जान नहुने बताएका छन्।
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका सांसद डा.विरेन्द्र महतोले मधेसी मोर्चा अब बन्ने सरकारमा जान नहुने बताएका छन्।
नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकारमा सहभागिता हुने या नहुनेबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले 'पर्ख र हेर' को रणनीति लिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ।
नेपाली कांग्रेसको स्थापनाकालदेखि तराई–मधेससित अन्योन्याश्रित सम्बन्ध रहिआएको छ।
महाभारत कथा काल्पनिक जस्तै लागे तापनि त्यो वास्तविक इतिहास हो। त्यो कथाको एउटा प्रसंगमा युद्ध टार्नका लागि स्वयं भगवान कृष्ण तत्कालीन सम्राट धृतराष्ट्रकहाँ शान्ति प्रस्ताव लिएर जानुभएको थियो। भगवानको प्रस्ताव थियो– 'यद्यपि भारत वर्षका आधिकारिक उत्तराधिकारी पाण्डव पुत्रहरु नै हुन्।
मधेसी जनता विभेद र सीमान्तृत भएको एक 'स्टाइलाइजड् फ्याक्ट' हो। संविधानको अन्तर्वस्तुसँग असहमति जनाउँदै मधेसी दल संविधान निर्माण प्रक्रिया बहिष्कार गर्दै आन्दोलित भए। कूटनीतिक दबाबको विपरित जारी संविधानप्रति असन्तुष्ट भारतले मधेस आन्दोलनको उपयोग गर्दै नाकाबन्दी गर्यो।
काठमाडौं– नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र प्रस्ट रूपमा दुई धार देखा परेको छ। संघीय गठबन्धन निर्माण र सरकारसँग वार्ता गर्ने सवाललाई लिएर मोर्चाभित्रै दुई धार देखा परेपछि खुलामञ्चमा जारी रिले अनशन र वार्तामा समेत प्रभाव पर्न थालेको छ।
मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको सुरुमै लामो समयदेखि जारी आन्दोलनको कुनै सुनुवाइ नभएको, सरकारले पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए।
काठमाडौं—सूचना तथा सञ्चार मन्त्री शेरधन राईले वार्ता र सम्बादबाट समस्याको समाधान गर्नेभन्दा पनि मधेसवादी दलको नियतमै शङ्का भएको बताएका छन्।
काठमाडौं– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सकारसँग सार्थक वार्ता कुरेर बसेको बताएका छन्। वार्ताको संख्या थप्ने तर उपलब्धि नहुने अवस्थामा वार्तामा बस्न उनले इन्कार गरे। सरकार र मधेसी मोर्चाबीच चलेको पछिल्लो ‘पत्र व्यवहार’ ले वार्ताको सम्भावना बढेको त देखिन्छ तर दुबै तर्फबाट वार्तामा बस्न ठोस पहल गरिएको भने देखिदैन।
काठमाडौं–आफूँले दिएको समयसीमा भित्र माग पूरा नभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भावी रणनीति तय गर्न संघीय गठबन्धन तथा अन्य जनजाति समूहसँग अन्तक्रिया गर्दैछ।