७ आश्विन २०८१ सोमबार
image/svg+xml

आफ्नो अनुकुल सांसदको कार्यकाल लम्ब्याउने दलहरुको तयारीप्रति निर्वाचन आयोगको आपत्ति

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल गणना गर्ने आधार समेत खुलाई आयोगले दिएको परामर्शको आधारमा निर्वाचन मिति तोकी तयारी कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय हुदैन’ भनेको छ।

महाअभियोग सिफारिस समितिले आज पनि जबरासित बयान लिँदै

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यकक्षमा बिहान ११ बजे बस्न लागेको हो।

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बस्न लागेको हो।

प्रत्यक्षबाट किन पछि हटे निधि ?

माओवादी केन्द्रसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कांग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्कजस्तै देखिएका बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने निधो गरेका हुन्।

हाम्रै नेतृत्वमा सरकार बन्छः गगन थापा

‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौं। अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने? त्यसको तालमेल मिलाउँदैछौं। अहिले सम्पूर्ण ध्यान त्यसमा छ। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरु हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन।’

इलाम कांग्रेसबाट खड्का र आचार्य सिफारिस

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गर्ने उम्मेदवारको नाम टुंग्याएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट १ बाट सिफारिस

आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानविन विधेयक समितिमा पठाउन प्रतिनिधिसभाको स्वीकृति

कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गरेका थिए। प्रतिनिधिसभाले उक्त प्रस्ताव दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको हो।

प्रतिनिधिसभाको कार्यकाल नयाँ संसदको पहिलो बैठक बस्ने अघिल्लो दिनसम्म

कतिले उम्मेदवारी दर्ता गराएको अघिल्लो दिनसम्म, कतिपयले निर्वाचन मिति घोषणा भएको दिनदेखि भनेका छन् भने कतिपयले पहिलो निर्वाचन सम्पन्न भएको भोलिपल्टसम्म कायम रहने धारणा व्यक्त गरिरहेका थिए।

तीन लाखले गर्नेछन् निर्वाचनको पहरा

निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ। नेपाली सेनाले विगतकै हाराहारीमा ७१ हजार जनशक्ति खटाउने आन्तरिक रणनीति तयार पारेको छ। सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ।

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो।

काँग्रेसद्वारा मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचनका लागि नाम सिफारिस

यस्तै प्रदेश (ख) को प्रत्यक्ष तर्फ गयानन्द मण्डल, हरिलाल सिंह र सुकदेव सिंहको नाम सिफारिस गरेको क्षेत्रनम्बर ५ का पूर्व सभापति दिलिपकुमार पोखरेलले बताए। उनका अनुसार प्रदेशको समानुपातिक तर्फ भने प्रदेश (क) बाट ९ जना र प्रदेश (ख) बाट १९ जनाको नाम सिफारिस गरिएको जानकारी पोखरेलले दिए।

आज पनि जबरासँग बयान लिइँदै महाअभियोग सिफारिस समिति

प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ।

चुनावका बेला गाडी किन्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ ।

जबराले उल्टै लगाए आरोप

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लगाइएका आरोपको एकएक खण्डन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्