७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल वायुसेवा निगमलाई आर्थिक संकट

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक संकटबाट गुज्रिरहेको सरकारी संस्थान नेपाल वायुसेवा निगमलाई अहिलेकै अवस्थामा एक पैसा पनि सहयोग गर्न नसकिने बताएका छन्।

अपांगता भएका विद्यार्थीलाई टेलिकमको सहयोग

नेपाल टेलिकमले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थिलाई एन्ड्रोइड स्मार्टफोन र सिमकार्ड सहयोगस्वरुप उपलब्ध गराएको छ।

विभिन्न संघसंस्थाद्वारा सहयोग

गत जेठ २३ गतेको हावाहुरीले जिल्लामा भत्किएका अधिकतर घरमा जस्तापाता हाली पुनर्निर्माणको काम भइरहेको छ। विभिन्न संघसंस्था, युवा तथा विद्यार्थीले भत्किएका घरको पुनर्निर्माणमा सहयोग गरेका छन् भने कैयौं पीडितले आफैं आफ्ना घरबनाइरहेका छन्। विवेकशील साझा पार्टीका कार्यकर्ता, नेकपा समर्थित विद्यार्थी संगठन, नेविसंघ, रोटरी क्लब, उद्योग वाणिज्य संघलगायतले असहायका भत्किएका घर बनाइदिएका हुन्।

मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग

मिर्गौला  पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ। रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि ८८ हजार ८८८ रुपौयाँ रकम सहयोग गरेको हो।

बाल कोषका लागि ५ लाख सहयोग

बाल विकास समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालले आपत्कालीन बाल कोष सञ्चालनका लागि चन्द्रागिरी नगरपालिकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

दक्षिणले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

चीनद्वारा २ अर्ब ४० करोडको सैन्य सहयोग

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री, गौरवशमशेर राणा र छत्रमानसिंह गुरुङका पालामा पनि चीनले सेनाको क्षमता अभिवृद्धिका लागि गैरघातक सहायता उपलब्ध गराएको थियो।

स्कुललाई डिप्रोक्सको सहयोग

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

नदी नियन्त्रणमा भारतको सहयोग

बर्सेनि जनधनको ठूलो क्षति पु¥याउँदै आएका नेपालका तीन ठूला नदी नियन्त्रणमा भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ । जलस्रोत तथा सिँचाइ विभागका अनुसार वाणगंगा, खाँडो र पश्चिम राप्ती नदी नियन्त्रणमा सहयोग गर्न दुई देशका अधिकारीबीच सहमति भएको छ । नेपाल–भारत संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिको बैठकले तीन ठूला नदी नियन्त्रणमा भारतले सहयोग गर्ने निर्णय गरिएको विभागका उपमहानिर्देशक प्रदीप थापाले जानकारी दिए ।

अख्तियारले अटेरी गरेपछि सर्वाेच्च एक्सनमा, सचिवसहित कर्मचारीलाई कारवाहीकाे आदेश

सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई असहयोग गरेको भन्दै आयोगकै सचिवसहितका कर्मचारीलाई कारवाहीको लागि आदेश गरेको छ।

गाउँपालिकाको सहयोगमा दृष्टिविहीनले देखे संसार

कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्।  १२ वर्षको उमेरमा घाँस ल्याउन जंगल गएको बेला रुखको हांगाले देब्रे आँखामा चोट लागेर ज्योति गुमाएका बिजुलेलको एक वर्षअघि दाहिने आँखाको पनि मोतिया विन्दुका कारण  ज्योति गुमेपछि उनको जीवन पुरै अन्धकारमा चलिरहेको थियो।

ब्रेन ट्युमरबाट पीडित महिलालाई सहयोग

ब्रेन ट्युमरबाट पीडित कालिकोटकी बिरामीलाई आर्थिक सहयोग गरिएको छ। कालिकोट घर भएका युवा संघका नेता एवं व्यवसायी वकिम बमले त्रिवि शिक्षण अस्पतालमा उपचाररत ब्रेन ट्युमर पीडित नरहरीनाथ गाउँपालिका ९ की उर्मिला बोहरालाई बिहीबार अस्पताल पुगेर २५ हजार रुपैयाँ प्रदान गरेका हुन्।

दुवै मृगौला फेल भएपछि सहयोग खोज्दै मित्रप्रसाद

दुवै मृगौला फेल भएर पीडित सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन्। डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्