७ आश्विन २०८१ सोमबार
image/svg+xml

दुर्घटनाका घाइतेलाई सहयोग

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका शीतल राईलाई शुभेच्छुकले आर्थिक सहयोग गरेका छन्। गत पुस १८ गते भएको दुर्घटनाका कारण टाउकाको खोपडी नै निकालिएका राईलाई सो नगरपालिका–१४ बुइपा घर भई हाल ललितपुर नखिपोट बस्दै आएकी सामाजिक अभियन्ता इनुमा राईको पहलमा संकलन भएको दुई लाख ५६ हजार ६ सय १५ रुपैयाँ प्रदान गरिएको हो।

किरात विद्यार्थीलाई सहयोग

नवौं राष्ट्रिय महाधिवेशनमा जुटेको किरात राई विद्यार्थी संघ केन्द्रीय समितिलाई नेपाल विद्यार्थी संघ खोटाङले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको छ।

सुर्खेत आन्दोलनका घाइतेलाई सहयोग

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर–६ का २२ वर्षीय अनिष पन्त, २९ वर्षीय रामबहादुर श्रेष्ठ र दैलेख नौमुले गाउँपालिका–५ का २८ वर्षीय नरबहादुर पुरीलाई प्रतिव्यक्ति १०–१० हजार रुपैयाँ नगद सहयोग गरेको हो।

बालगृहलाई स्कुल ब्याग सहयोग

गौरीशंकर बालगृहमा रहेका २९ जना असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका व्यवसायी सनत थापाले सहयोग गरेका छन्। भीमेश्वर नगरपालिका–५ स्थित गौरीशंकर बालगृहका बालबालिकालाई थापाले शनिबार बिहान बालगृह पुगेर २५ हजार रुपैयाँ बराबरका स्कुल ब्याग, मिठाई र खानेकुरा बाँडेका हुन्।

बालगृहलाई व्यवसायीको सहयोग

जिल्लाको गौरीशंकर बालगृहमा रहेका असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कुल ब्याग सहयोग गरेका छन्।

नेपालको प्राथमिकताअनुसार सहयोग गर्ने चिनियाँ प्रतिबद्धता

चीनले नेपालको प्राथमिकताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपति सी जिङफिङले यस्तो प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन्। राष्ट्रपति भण्डारीसँगै चीन भ्रमण गएका परराष्ट्रमन्त्री ज्ञवालीले चीन नेपालको प्राथमिकता अनुसार सहयोग गर्न तयार देखिएको बताएका हुन्।

३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो बीआरआई शिखर मञ्च सम्पन्न

चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च शनिबार सम्पन्न भएको छ। संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको सो शिखर मञ्चले विश्व अर्थतन्त्रमा उर्जा थप्ने अनुमान गरिएको छ। शुक्रबार सुरु भएको शिखर सम्मेलनमा आइतबार राउण्ड टेबल शिखर वार्ता भएको थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोग

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तिलगंगा आँखा अस्पताललाई २४ लाख ६८ हजार तीन सय ९९ रुपैयाँ सहयोग गरेको छ। बैंकले अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा यसअघि गरेको सहमति अनुसार उक्त रकम उपलब्ध गराएको जनाएको छ।

हावाहुरीका कारण भारतमा ४१ को मृत्यु

भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहसरीसँगै भिषण वर्षा भएको छ।

अनाथलयलाई खाद्यान्न सहयोग

गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयका बालबालिकालाई कोरियाका नेपालीले खाद्यान्न सहयोग गरेका छन्। दक्षिण कोरियामा स्थापना गरिएको मधेसी समाजले करिब तीस हजार मूल्यबराबरको खाद्यान्न सहयोग गरेको हो।

‘सेटिङ’मा वैदेशिक सहयोग

नेपालमा तीव्र आर्थिक विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्न आन्तरिक स्रोत र पुँजीले मात्र सम्भव छैन। दोहोरो अंकमा आर्थिक विकास नगरी यो लक्ष्य भेट्न असम्भव छ र दोहोरो अंकमा आर्थिक विकासका लागि वैदेशिक लगानी/सहायता उल्लेख्य मात्रामा भित्र्याउनु अनिवार्य छ।

हावाहुरीपीडितलाई डाबरको १० लाख सहयोग

बाराको रामपुर टोकनीमा रहेको डाबर नेपालले हावाहुरीपीडितका लागि लाख रुपैयाँ सहयोग दिएको छ। बारा र पर्सामा आएको हावाहुरीपीडितका लागि डाबरले मुख्यमन्त्री राहत कोषमा १० लाख सहयोग गरेको हो।

आँधीपीडितलाई सहयोगीको सहयोग

गत आइतबार साँझको विनाशकारी आँधीहुरीबाट प्रभावितका लागि सहयोगी विकास बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।

जगदम्बा स्टिलको डेढ लाख सहयोग

आइतबार राति बारामा आएको हावाहुरीबाट पीडित बनेकाहरुको सहयोगका लागि जगदम्बा स्टिल प्रालिले शुक्रबार जिल्ला प्रशासन कार्यालय बारामा एक लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ।

क्यान्सरपीडितलाई सहयोग

जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका क्यान्सर बिरामी तारानाथ अधिकारीलाई शुभेच्छुकबाट उठाइएको सहयोग रकम प्रदान गरिएको छ। हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई संकलित ५७ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्