काठमाडौं – नेपाल टेलिकमले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थिलाई एन्ड्रोइड स्मार्टफोन र सिमकार्ड सहयोगस्वरुप उपलब्ध गराएको छ। संस्थाले सामाजिक दायित्व अन्तर्गत सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई अध्ययन कार्यमा सहयोग पु-याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।
दृष्टिसम्बन्धी अपांगता भएका स्नातक अध्ययनरत १२ विद्यार्थीलाई सामसङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको जारी विज्ञप्तिमा उल्लेख छ। साथै कम्पनीले ‘आइसिटी फर द स्टुडेन्ट विथ भिजुअल डिसएबिलिटी’मार्फत सुनसरीको इटहरी र सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम रहेको जनाएको छ।
कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र एक वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्ने जनाएको छ।
प्रकाशित: १५ असार २०७६ ०४:५३ आइतबार