७ आश्विन २०८१ सोमबार
image/svg+xml

निजी मन्टेश्वरीलाई सरकारी सहयोग

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विपन्न समुदायको रकमबाट वीरेन्द्रनगरको एक निजी मन्टेश्वरी विद्यालयलाई सहयोग गरेको छ। एक कार्यक्रमकाबीच उक्त विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषाक सहयोग गरेको हो।

छानबिनमा मन्त्रालयकै असहयोग

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा जानेगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको निर्णय फाइल अहिलेसम्म दिन सकेको छैन।

एमसिसी स्वीकार गर्ने संकेत

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अमेरिकी अनुदान सहयोग(एमसिसी) सरकारले स्वीकार गर्ने संकेत गरेका छन्।

प्राविधिक शिक्षामा चीनियाँ सहयोग

चीनको छिन्ताओ इलेक्ट्रोनीक स्कुलको सहयोगमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आगामी दिनमा प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्ने भएको छ।

भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन्।

फिनल्यान्ड र युनिसेफले ८० लाख युरो दिने

आगामी तीन वर्षसम्म नेपालका बालबालिका लागि आवश्यक शिक्षा, सरसफाइ तथा स्वच्छ पिउने पानीको पहुँच पु-याउन युनिसेफ नेपाल र फिनल्यान्ड राजदूतावासले नेपाललाई ८० लाख युरो अर्थात् करिब एक अर्ब ८० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

विद्यालय भवन बनाउन चार करोड चिनियाँ सहयोग

छ। द्वन्द्वप्रभावित क्षेत्रमा भौतिक पूर्वाधारको अभावले बालबालिकाको शिक्षामा विकास हुन नसकेको भन्दै चिनियाँ संस्थाले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई चालु आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको हो।

सडक बालबालिकाको सहयोगार्थ दौड प्रतियोगीता

आमा घरमा रहेका सडक बालबालिकाको सहयोगार्थ शनिबार वीरेन्द्रनगरको पर्यटकीयस्थल कांक्रेविहारमा दौड प्रतियोगीता गरिएको छ । ‘रन फर कज’ नाम दिइएको प्रतियोगीतामा कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको सहभागिता रहेको थियो ।

एकताकाे पढाईका लागि कार्कीको सहयोग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन्।

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन्।

अक्सिजन प्लाण्ट खरीदका लागि आर्थिक सहयोग

काठमाडौँ महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा.डा. आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

बुढानिलकण्ठ मन्दिरका लागि भारतले बनाइदियो मठाधीश भवन

भारत सरकारको सहयोगमा काठमाडौंको बुढानिलकण्ठ नारायण मन्दिरको मठाधीश भवन निर्माण भएको छ।

नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ, ६१ करोड अनुदान सहयोग

मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।

सहयोगीले धानेको ईलाका प्रशासन !

ईलाका प्रशासन कार्यालय सिर्दिबासमा सहयोगी हिराबहादुर गुरुङ नागरिकताको ढड्डा पल्टाएर बिवरण खोजिरहेका थिए। जिल्ला प्रशासन कार्यालय गोरखाबाट सोधिएको बिवरण सहि या गलत भन्ने कार्यालयमा भएको बिवरण हेरेर बताउने, नागरिकता बनाए/नबनाएको रेकर्ड हेरेर जानकारी दिने उनको दैनिकी हो।

जर्मनीले वैकल्पिक ऊर्जा प्रवर्द्धनमा डेढ अर्ब सहयोग गर्ने

दातृ निकाय जर्मन सरकारले नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धनको लागि डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरले उक्त जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्