७ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरियामा मृत्यु भएका दर्लामी परिवारलाई सहयोग

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परेर मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैंटेका थिरबहादुर दर्लामीको परिवारलाई सुर्खेती समाज दक्षिण कोरियाले चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। दक्षिण कोरियामा संकलन गरिएको आठ लाख मध्ये चार लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष लोकेश खत्रीले जानकारी दिए। कोरिया पुगेको १७ दिनमै दर्लामीको असोज २४ गते कोरियामा मृत्यु भएको थियो।

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको तीन करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको छ।

जनगायक शर्माको छोराको उपचारमा सहयोग

जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ।

भरतपुर अब ‘सहयोगापेक्षी सडक मानवमुक्त’

भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको छ। बेवारिसे अवस्थामा सडकमा बसोबास गर्दै आएका मानिसलाई उद्धार गरेर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ घोषणा गरिएको हो।

पहिलो किस्ता लिएर घर बनाउन नपाएकालाई ऋण सहयोग

पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि तीन लाख रुपैयाँ ऋण सहयोग पाउने भएका छन्।

विपन्न घरपरिवारलाई चिनियाँ नागरिकको सहयोग

मित्रराष्ट्र चीनका नागरिक चाङ र उनको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ। प्रतिघर परिवार १० हजार रुपैयाँ हाराहारीमा सहयोग गरिएको हो।

पीडित परिवारलाई आर्थिक सहयोग

एकै गाउँका सातजनासहित १२ को ज्यान जाने गरी झन्डै दुई साताअघि भएको बडहरे बस दुर्घटनाका मृतकका परिवारलाई इन्द्रावती गाउँपालिका र सम्बद्ध यातायात समितिले आर्थिक सहयोग प्रदान गरेका छन्। घटनास्थल इन्द्रावती–१० बडहरेको वडा कार्यालयमा शोकसभा गर्दै गाउँपालिकाले २५ हजार र सिन्धु हेलम्बु यातायात समितिले ४० हजार रुपैयाँका दरले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। सहायता प्रदान गर्न गाउँपालिकाअध्यक्ष वंशलाल तामाङ र यातायात समितिका वरिष्ठ उपाध्यक्ष श्यामकुमार श्रेष्ठ वडा कार्यालय पुगेका थिए।

शिक्षकको तलबलाई १४ लाख रुपैयाँ सहयोग

जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित एक सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले १४ लाख रुपैयाँ सहयोग गरेको छ। शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सूर्य नेपालले रत्न माध्यमिक विद्यालयमा शिक्षक राख्न १४ लाख रुपैयाँ सहयोग गरेको हो।

राष्ट्रिय आविष्कार केन्द्रलाई साढे ६ लाख सहयोग

‘राष्ट्रिय आविष्कार केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले ६ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ।

पुनर्निर्माणमा चिनियाँ सहयोग, केमा कति ?

२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको वसन्तपुरको नौतले दरबार चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा पुननिर्माण भइरहेको छ।

घाइते आचार्यलाई आर्थिक सहयोग

एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई आफन्तले चन्दा उठाएर आर्थिक सहयोग गरेका छन्।

भारतीय सहयोगमा कुलेश्वर माविको भवन

भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

मेडिकल उपकरण जडानका लागि जापानी सहयोग

जापान सरकारले कैलालीस्थित सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मेडिकल उपकरण जडानका लागि सहयोग गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत मासामिची साइगो र अस्पतालका अध्यक्ष आनन्दप्रसाद भट्टबीच बिहीबार सहयोग सम्झौतामा हस्ताक्षर भएको छ।

स्कूले विद्यार्थीलाई क्याम्पसका विद्यार्थीको सहयोग

विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ।

खगीको परिवारलाई आर्थिक सहयोग

काठमाडौं स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका ४० वर्षीय अमर क्षेत्रीले बाग्लुङ गल्कोट चरौंदी निवासी ३९ वर्षीया खगी नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्