२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्दै

बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको क्वाटरफाइनल खेलमा बिहीबार (आज) मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन इच्छुक

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ। उर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्धिपक्षीय हितका बिषयमा छलफल भएको छ।

यामाहाले नेपालमा सुरु गर्‍यो ‘स्कुटर डे’, ट्राफिकलाई दुईटा स्कुटर

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ। मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु-याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो।

नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री

रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन्। शिष्टाचार भेटका लागि बुधबार सिंहदरबार आएका नेपालस्थित चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन।

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो।

नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी हुने

नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्‍याएका महिलाको फोटो प्रदर्शनी हुने भएको छ।

नेपाली काँग्रेस राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिँदै

नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

पाकिस्तानका प्रधानमन्त्रीले नेपालका अधिकारीसँगको अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति आफू आशावादी भएको बताए । उनले भने, 'संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ ।प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ ।'

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा

नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

बिआरआईबाट नेपालले फाइदा लिनुपर्छ : अब्बासी

पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि नागरिकसँग विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए।

‘कन्टेनर लोडअफ’ नेपालमै हुँदा आयातमा राहत

नेपाल मैं ‘कन्टेनर लोडअफ’ अर्थात सिपिङ्ग कम्पनीले कन्टेनर फिर्ता लिने सुरु भएपछि नेपाली आयातले एउटा भारी झन्झटबाट मुक्ति पाउन लागेको छ। नेपाली आयातकर्ताले एक दशकदेखि यसको लागि आवाज उठाउदै आएका थिए।

बालुवाटारमा माधव नेपालले यसरी मनाए जन्मदिन (फोटो/भिडियो)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ। केही दिन अघि बालुवाटारमा नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मदिन मनाएका थिए। नेपालको जन्मदिनमा प्रधानमन्त्री ओली र नेपाल दुवैले केक काटे।

ओमानबाट ११ नेपालीको उद्धार

वैदेशिक रोजगारीको लागि ओमन पुगेका ११ जना नेपालीलाई उद्धार गरिएको छ। नेपाली राजदूतावास ओमनले सम्झौता बमोजिमको सुविधा नपाएर दुःख पाएका ११ जनाको उद्धार गरेर नेपाल पठाएको हो। उनीहरुले दूतावाससँग नेपाल फर्किनको निमित्त सहयोग मागेका थिए।

नेपालको विकासका लागि हामी चीन र भारत दुवै परस्त: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन धेरै दिन नरहने र चाँडै नै एमाले र माओवादीबीच एकीकरण हुन लागेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्